सेमिनार विभिन्न विषयवस्तुमा रहेर हुने गर्छ । आयोजक संस्था कुन हो र उद्देश्य के हो भन्ने कुरामा सेमिनारको विषयवस्तु निर्धारण हुन्छ । पछिल्लो समय विद्यार्थी, साहित्य, राजनीति, व्यवसाय आदि सबैजसो क्षेत्रका विषयवस्तुमा रहेर सेमिनारहरु आयोजना भईरहेका हुन्छन् । सेमिनार व्यवस्थित ठाउँमा आयोजना हुन्छ र त्यहाँ कैयौं मानिसहरु सहभागी हुन्छन् । त्यसैले पहिलो पटक सेमिनारमा सहभागी हुन जाँदा डर लाग्ने, नर्भस हुने आदि समस्या हुन सक्छ । तर, सेमिनार भएको विद्यालयको कक्षा जस्तै, सिकाइको एउटा माध्यम हो ।

सेमिनारमा कसरी सहभागी हुने ? १० टिप्स

सेमिनार कुनै विषयमा हुँदैछ, आयोजक संस्था को हो र यसले के काम गर्छ भन्ने बारेमा आयोजकको वेबसाइट या सामाजिक संजालको पेजमा हेर्नुपर्छ । उक्त सेमिनारमा प्रिजेन्टेसन दिनको लागि कस्ता र को व्यक्तिहरु आउंदैछन्, सहभागीहरु कुन उमेर समूह र कस्तो पृष्ठभूमीका हुन् भन्ने बारे पनि आयोजकले उल्लेख गरेका हुन्छन् । यसको साथै सेमिनार कहाँ र कुन दिन, कति बजे हुँदैछ भन्ने यकिन गर्नुपर्छ । सेमिनार हुने ठाउँबारे पहिल्यै जानकारी लिएमा त्यहाँ पुग्नको लागि झन्झट या तनाव हुँदैन ।

बाहिरि व्यक्तित्व सभ्य र आकर्षक देखिनेगरि ड्रेस-अप गर्नुपर्छ । त्यसपछि सेमिनार सुरु हुनुभन्दा केही समय अगाडी नै सेमिनार आयोजना गरेको ठाउँमा पुग्नुपर्छ । सेमिनार हुने हलमा पुगेर आफ्नो लागि सिट लिएर बस्नुपर्छ । सिट मर्यादाक्रम राखिएको भएमा त्यस अनुसार बुझेर बस्नुपर्छ ।

सेमिनारमा अनुशासनमा बस्नुपर्छ । होहल्ला, खासखुस गर्ने गर्नुहुँदैन । मोबाइल बन्द गर्नुपर्छ । सेमिनारमा प्रिजेन्टेसन दिइरहेको व्यक्तिले भनेका कुरा ध्यान पूर्वक सुन्नुपर्छ । त्यहाँ आफूले सोंच्ने भन्दा बढी त्यहाँ भनिएका कुराहरु सुन्नुमा आफूलाई केन्द्रित गर्नुपर्छ ।

सेमिनारमा प्रिजेन्टेसन दिने व्यक्तिहरुले भनेका कुराहरु टिपोट गर्नुपर्छ । आफूलाई थाहा भएकै कुराहरु त्यहाँ भनिएतापनि विद्यार्थीले जसरि सुन्नुपर्छ । आफ्नो असहमति रहेका कुराहरु, आफूलाई राम्रो लागेका कुराहरु टिपोट गर्दा पछिको लागि उपयोगी हुन्छ । लेख्दा प्रिजेन्टेसन दिने व्यक्तिको नाम पनि छुटाउनु हुँदैन ।

सेमिनारमा कैयौं मानिसहरु सहभागी हुन्छन् । त्यहाँ प्रिजेन्टेसन दिने व्यक्तिले व्यक्तिगत रुपमा आफ्नो उपस्थितिलाई महत्व दिए हुन्थ्यो भन्ने चाहना राख्नु मूर्खता हो । त्यसलाई समूहगत बसाइ र सिकाइको रुपमा लिनुपर्छ ।

सेमिनारमा वर्कसप पनि राखिएको हुनसक्छ या सहभागीहरुलाई कुनै क्रियाकलाप गराइन सकिन्छ । यस्तो अवस्थामा आफू पनि सक्रिय रुपमा सहभागी हुनुपर्छ । वर्कसप या क्रियाकलाप गराउने व्यक्तिले दिएको निर्देशनको पालना गर्नुपर्छ । सबै आफूजस्तै हुन् भन्ने सोंचका साथ डर हटाएर कार्य गर्नुपर्छ । समूहगत कार्य भएमा अनुशासनमा रहेर सबैसंग मिलेर कार्य गर्नुपर्छ ।

खाली समय या सेमिनार सुरु हुनुभन्दा अगाडी र पछाडी सहभागीहरुसंग र अवसर पाएमा प्रिजेन्टेसन दिने व्यक्तिहरुसंग पनि व्यक्तिगत सम्बन्ध स्थापित गर्न सकिन्छ । परिचय लिने दिने, सम्पर्कमा रहिरहनको लागि सम्पर्क नम्बर आदान-प्रदान गर्ने गर्न सकिन्छ । नयाँ साथी बनाउन र नेटवर्क फैलाउनको लागि सेमिनार राम्रो अवसर हो ।

सेमिनार सकिनासाथ हतार-हतार निस्किनु हुँदैन । आफूलाई सेमिनारको बारेमा जानकारी दिने या निम्ता दिने व्यक्ति त्यहाँ उपस्थित रहेको खण्डमा धन्यवाद दिनुपर्छ । प्रिजेन्टेसन दिने व्यक्तिसंग भेट गरेर धन्यवाद दिन सकिन्छ । यसको साथै सेमिनार आयोजना भएको ठाउँको बारेमा थप जानकारी लिन सकिन्छ ।

सेमिनार सकिएर फर्कीसकेपछि सेमिनार कस्तो लाग्यो, त्यसको बारेमा लेख्नुपर्छ । सेमिनारमा बताइएका कुराहरु, राम्रा पक्ष, आफूलाई मन परेको कुरा या पक्ष, आफ्नो असहमति रहेका कुरा र असहमतिको कारण सबै मिलाएर लेख्न सकिन्छ । त्यो लेखको रुपमा संचार माध्यम या सामाजिक संजालमा प्रकाशन गर्न सकिन्छ । त्यस्तो चाहना नभएमा आफ्नो साथी सर्कलमा साथीहरुसंग छलफल गर्न सकिन्छ ।

त्यो सेमिनारमा आफूलाई यदि कुनै संस्थाले पठाएको हो भने, सेमिनार आफ्नो लागि उपयोगी भएको बताउंदै सेमिनारको बारेमा छोटो विस्तार गरेर इमेल गर्नुपर्छ । उक्त इमेलमा आफूलाई त्यो अवसर दिएकोमा धन्यवाद दिनुपर्छ । यसो गर्नाले संस्थासंगको सम्बन्ध बनिराख्छ र आफूलाई अरु थप अवसर पनि मिल्न सक्छन् ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text