जुल्स रेनार्ड प्रसिद्ध फ्रान्सेली लेखक हुन् । उनको जन्म सन् १८६४ मा भएको थियो भने ४६ वर्षकै उमेरमा सन् १९१० मा उनको निधन भएको थियो ।

जुल्स रेनार्डका प्रेरक भनाइहरु :

तिमीले खाना आफै आफ्नो मुखमा आओस् भन्ने चाहन्छौ भने, तिम्रो सफलता धेरै नै टाढा छ ।

यदि तिमी एक्लो हुनबाट डर मान्छौ भने आफूले चाहेको नगर र सत्य नबोल ।

आफू अल्छी बनेर तिमीले अरुलाई सफल हुनको लागि बाटो खुल्ला गरिदिएका छौ ।

उमेर बढ्दै जाँदा मैले जीवनलाई बुझ्न छोडें । जीवनलाई आत्मसात र माया गर्न थालें ।

तिम्रो उमेर कति वर्ष भयो, त्यसले फरक पर्दैन । तिमी यो उमेरसम्म कसरीआइपुग्यौ, त्यो महत्वपूर्ण हो ।

कठ्यांग्रिदो चिसोले टाउको दुखाउन सक्दैन, जति एउटा ‘आइडिया’ ले दुखाउँछ ।

हामीले जिन्दगीको बारेमा कुरा गर्दा गर्दै यत्तिकै जिन्दगी बिताईदिन्छौं ।

पृथ्वीमा स्वर्ग छैन, तर स्वर्गका टुक्राहरु छन् ।

यदि मलाई फेरी जिन्दगीको सुरुवात गर्ने अवसर मिल्थ्यो भने, म केही पनि परिवर्तन होस् भन्ने चाहन्नथे । मात्र, मेरो दृष्टिकोण फराकिलो होस् भन्ने चाहन्थें ।

एक व्यक्तिले आफूलाई नितान्त एक्लो देखिरहेको समयमा अर्को व्यक्तिले आफूसंग सबै संसार रहेको देखिरहेको हुन्छ । फरक, दृष्टिकोणमा हुन्छ ।

मलाई एक्लोपनले कहिल्यै दिक्क लाग्दैन । दिक्क लाग्नु भनेको आफ्नो अपमान गर्नु हो ।

हामी भगवान भन्दा पनि माथि हुन सक्नुपर्छ । भगवानले गरेको अन्यायलाई अध्ययन गरेर न्यायपूर्ण समाज निर्माण गर्नुपर्छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text