चाणक्य दार्शनिकको रुपमा प्रख्यात छन् । विशेष गरि उनका भनाईहरु धेरैका लागि प्रेरणाका स्रोत बनिरहेका छन् । उनि अर्थशास्त्री समेत हुन् । चाणक्यको जन्म ३७१ बिसीमा भारतमा भएको थियो ।

यहाँ चाणक्यका १० महत्वपूर्ण जिवनोपयोगी भनाईहरु उल्लेख गरिएको छ :

१. अरुले गरेका गल्तीहरुबाट पाठ सिक्ने गर। किनकी ती सबै गल्ती तिमीले दोहोर्याउनको लागि तिमीसंग अत्यन्तै    कम समय छ ।

२. केही काम सुरु गर्न थालेपछि आत्तिने वा छोड्ने नगर । जिम्मेवार भई लगनसिलताका साथ काम गर्ने मान्छे नै सुखी रहन सक्छ ।

३. फूलको सुगन्ध हावाको दिशातिर मात्र फैलिन्छ । तर, मान्छेको राम्रा कामहरुको सुगन्ध चारै दिशामा फैलिन्छ ।

४. जब जब डर आफ्नो नजिक आइरहेको महसुस गर्छौ, तब आत्मविश्वास र कामको हतियारले त्यसलाई आक्रमण गरेर विजय हासिल गर ।

५. जब कुनै काम गर्न सुरु गर्छौ, आफैलाई यी प्रश्न गर – ” म यो किन गर्दैछु ? यसले कस्तो नतिजा दिन सक्ला ? के म सफल हुन सक्छु ?” यदि यी प्रश्नहरुको जवाफले तिमी सन्तुष्ट हुन सक्छौ भने मात्र काम अगाडी बढाउ।

६. मानिस महान उसले गर्ने कामले हुन्छ, उसको जन्मले होइन ।

७. भगवान मूर्तिमा होइन तिम्रो भावनामा छन् । तिम्रो आत्मा नै मन्दिर हो ।

८. आफ्ना गोप्य कुराहरु कसैलाई नभन । त्यसले तिमीलाई नष्ट गरिदिन सक्छ  ।

९. शिक्षा मानिसको सबैभन्दा नजिकको साथी हो । यसले सुन्दरता र युवाअवस्थास्लाई पनि हराउन सक्छ ।

१०. तिमीलाई सफलता दिलाउने वा नष्ट गर्ने सबै तिमीले गरेको समयको उपयोगमा भर पर्छ ।

चाणक्यको जीवनी पढ्न यहाँ क्लिक गर्नुहोस् 

 

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text