हेनरी डेभिड थोरो प्रसिद्ध अमेरिकी लेखक, कवि, दार्शनिक, अभियान्ता, इतिहासविद तथा विकास सम्बन्धि विश्लेषक हुन् । उनको जन्म सन् १८१७ जुलाई १२ मा भएको थियो भने सन् १८६२ मे ६ मा उनको निधन भएको थियो ।
हेनरी डेभिड थोरोका प्रेरक भनाइहरु :
यदि त्यो बाटोमा फर्किने योजना छैन भने, विगतलाई नहेर ।
तिम्रो सपना तिम्रो चरित्रले निर्माण हुन्छ ।
आफ्नो विश्वासमा बाँच्न सिक । तिमीले संसारलाई नयाँ रुप दिन सक्नेछौ ।
मानिसहरुको भिंडमा रहेर मखमलको आसनमा बस्नुभन्दा म फर्सीमा बसेर त्यसलाई पूरै आफ्नो बनाउन रुचाउँछु ।
मलाई माया, सम्पत्ति र प्रसिद्धि होइन सत्यता देऊ ।
सफलतामा तिमीले के प्राप्त गर्यौ होइन, तिमी कस्तो व्यक्ति बन्यौ भन्ने महत्वपूर्ण हुन्छ ।
त्यो गर, जुन अरुले तिम्रो लागि गरिदिन सक्दैनन् ।
आत्मविश्वासका साथ आफ्नो सपनाको दिशामा हिंड र आफूले कल्पना गरे अनुसारको जीवन बाँच ।
खुशी पुतली जस्तै हो । तिमी जति त्यसको पछाडी दौडिन्छौ, ऊ त्यति नै पर भाग्छ । र, जब तिमीले आफ्नो ध्यान अरु कुनै कुरामा लगाइरहेका हुन्छौ, ऊ आउँछ र तिम्रो वरिपरि उड्छ, तिम्रो काँधमा बस्छ ।
तिमीले के हेर्यौ होइन, तिमीले के देख्यौ भन्ने कुराले अर्थ राख्छ ।
साँचो जीवन त्यो हो, जहाँ हामी सपनामा बाँचिरहेका हुन्छौं, तर ब्युझिएका हुन्छौं ।
अनुमानहरुलाई छोडेर फराकिलो दृष्टिकोणमा बाँच्नको लागि अझ पनि ढिलो भएको छैन । आँखा खोल ।
खुशी मिल्ने र राम्रा कुराहरु सबै ‘फ्री’ मा पाइन्छन् ।
खुशीको ठूलो फलले भन्दा विश्वासको सानो बिऊले अर्थ राख्छ ।
हाम्रो परिस्थिति परिवर्तन हुँदैन । हाम्रो दृष्टिकोण परिवर्तन भएको हुन्छ, हामी परिवर्तन भएका हुन्छौं ।
एउटा चराले आकाश आफ्नो काँधमा बोकेर उडिरहेको हुन्छ ।
मात्र राम्रो नबन । कुनै कुरामा विशेष राम्रो बन ।