गार्थ ब्रुक्सको पूरा नाम ट्रोयल गार्थ ब्रुक्स हो । उनी प्रसिद्ध अमेरिकी गायक तथा गीतकार हुन् । रेकड़िंग इन्डस्ट्री एसोसिएसन अफ अमेरिकाका अनुसार, उनी अमेरिकामा एकल एल्बम सबैभन्दा धेरै बिक्रि भएका गायकमा पर्छन् । उनको प्रस्तुति रहेका कार्यक्रमहरुले समेत विभिन्न रेकर्ड बनाएका छन् । ब्रुक्सको जन्म सन् १९६२ फेब्रुअरी ७ मा भएको थियो ।

गार्थ ब्रुक्सका प्रेरक भनाइहरु :

अवसरहरुलाई पछ्याऊ, रमाएर बाँच ।

सिधा हेर, गर्वका साथ अगाडी बढ, आफूमाथी विश्वास गर ।

जुन किताबबाट मिल्छ, त्यो शिक्षा हो र जुन मनबाट आउँछ, त्यो ज्ञान हो ।

आफ्ना सपना दराजमा थन्क्याएर अरुको आलोचना गर्ने व्यक्तिहरुको पछाडी नलाग ।

समस्या यो हो कि, मानिसहरु आफू जो हो त्यो बन्न सक्दैनन् । उनीहरुलाई पछाडीबाट कुनै कुराले अंकुश लगाइरहेको हुन्छ ।

मैले प्रयास नगरी आफ्नो गन्तव्यमा पुग्न सक्दिन । त्यसैले नदी नसुक्दासम्म म डुंगा खियाउन छोड्दिन ।

यदि कुनै गल्तीबाट तिमीले केही सिक्छौ भने त्यो गल्तीलाई गल्ती मानिदैन ।

तिमी को हौ भन्ने अरुलाई निर्णय गर्न नदेऊ । आफ्नो परिचय तिमी आफैले बनाऊ ।

यदि तिमी आफूप्रति इमान्दार हुन चाहन्छौ भने, जे तिमी गर्न चाहन्छौ त्यो गर ।

तिमीसंग पैसाले किन्न नसकिने कुरा छैन भने, तिमी धनी होइनौ ।

विचारको ठूलो द्वन्द दुई व्यक्ति बीच भन्दा बढी एउटैे व्यक्ति भित्र हुन्छ ।

असफलताको अनुभव बीना तिमी सफल हुन सक्दैनौ ।

नतीजा आएपछि मात्र सबैको वाहीवाही मिल्छ । तर साँचो पाठ त सपना र वास्तविकता मिलाउन गरिने संघर्षमा हुन्छ । र, त्यही संघर्षमा नै जीवनको अर्थ लुकेको हुन्छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text