धेरै मानिसहरु आफ्नो क्षमता, रुची र आफूले गर्ने काम नमिल्दा सफल हुन सकिरहेका हुँदैनन् । आफ्नो क्षमतालाई चिनेर, रुचीलाई पछ्याएर लगनशीलताका साथ एउटा लक्ष्य लिएर काम गर्ने व्यक्ति नै सफल हुन्छ । धेरै व्यक्तिहरुले सफलता चाहन्छन् , तर आफ्नो क्षमता बारे आफै अन्योलमा हुन्छन् ।

यस्तो अवस्थामा यहाँ तल उल्लेखित प्रश्नको उत्तर भेट्नु जरुरि हुन्छ । पहिले यी प्रश्नहरु उत्तर खोज्नुहोस् । त्यसपछि क्रमबद्ध तरिकाले कापीमा लेख्नुहोस् । अब ती उत्तरहरुलाई एक-अर्कासंग तुलना गरेर हेर्नुहोस्, ती उत्तरहरुको विश्लेषण गर्नुहोस् । ती उत्तरहरुले तपाईंलाई आफ्नो क्षमता र रुची पत्ता लगाउन मद्दत गर्नेछन् ।

  • सबैभन्दा पहिले ‘म को हूँ?’ भन्ने प्रश्नको उत्तर खोज्नुहोस् । तपाईंले अहिले कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ र तपाईंको अहिलेको योग्यता के हो ?
  • तपाईंको जीवनको मूख्य लक्ष्य के हो, अर्थात तपाईंको सपना के हो ?
  • तपाईंका बलियो पक्ष र कमजोर पक्षहरु के-के हुन् ?
  • तपाईं स्कुलको विद्यार्थी हुँदा कस्तो हुनुहुन्थ्यो ? कुन विषय सबैभन्दा बढी मन पर्थ्यो ? अतिरिक्त क्रियाकलाप मध्ये तपाईं कुनमा बढी अगाडी हुनुहुन्थ्यो ?
  • अहिलेको समयसम्म आइपुग्दा तपाईंले कुन-कुन काम गर्नुभयो ? कुन-कुन विषय पढ्नुभयो ? सबैभन्दा बढी कुन काममा या कुन विषयमा रमाउनुभयो ?
  • अहिले तपाईंले गरिरहेको काममा तपाईं कत्तिको खुशी हुनुहुन्छ ? यो काममा तपाईंले आफूलाई दश वर्ष पछि कहाँ हुन्छु जस्तो लाग्छ ?
  • अहिले गरिरहेको काम बाहेक तपाईंलाई कुन कुरामा बढी रुची छ ? अहिलेको काम र तपाईंको त्यो रुचीलाई तुलना गरेर हेर्दा, तपाईंले कुनमा बढी आत्मसन्तुष्टि भेट्नुहुन्छ ? कुनमा आफूलाई अगाडी देख्नुहुन्छ ?
  • तपाईंलाई अहिलेसम्म सबैभन्दा बढी मन परेको भनाइ कुन हो ?
  • तपाईंलाई कुन कुराले सबैभन्दा बढी प्रेरित गरेको छ ? तपाईंको लागि ‘आइडल व्यक्ति’ को हो ? तपाईं कुन व्यक्तिको व्यक्तित्वबाट या जीवनीबाट बढी प्रभावित हुनुभएको छ ?
  • तपाईंलाई कस्तो घटनाले या कस्तो कुराले बढी छुन्छ ?
  • तपाईंलाई सबैभन्दा बढी खुशी कुन कुरामा मिल्छ ?
लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text