मौलाना जलालुद्दीन रुमी १३ औं शताब्दीका कवि हुन् जसको नाम अहिले सम्म पनि प्रख्यात छ । उनी सुफी संगीत साधकसमेत हुन् । रुमीका कविताहरु संसारभरका विभिन्न भाषाहरुमा अनुवादित छन्। दार्शनिक तथा आध्यात्मिक क्षेत्रमा पनि उत्तिकै मानिने रुमीको जन्म सन् १२०७, सेप्टेम्बर ३० मा भएको थियो।

Rumi

विश्व प्रसिद्ध कवि रुमीका प्रेमसम्बन्धि भनाइहरु :

आँखा बन्द गर र प्रेमलाई महसुस गर ।

मेरो मुख बन्द थियो, तर मौन रहेर पनि मैले तिमीलाई सयौं कुराहरु भनिरहेको थिएँ ।

म तिम्रो भइसकें, मलाई अब ‘म’ फिर्ता नदेऊ ।

‘टाढा हुने’ भन्ने शब्द उनीहरुका लागि मात्र हो, जसले आँखाले मात्र प्रेम गरेका हुन्छन् ।

अरुको मनको ढोका ढकढकाउन भन्दा पहिले आफ्नो मनको ढोका ढकढकाउ ।

प्रेम नामको धर्ममा कोही पनि आस्तिक या नास्तिक हुँदैन । प्रेम नामको धर्ममा सबै व्यक्तिको आत्मा खाली हुन्छ ।

मनलाई खुल्ला राख्नको लागि तिमीसंग मन टुटेका अनुभवहरु हुनु जरुरि छ ।

माया खोज्दै नहिंड । मायाको लागि आफू भित्र भएका बाधाहरुलाई खोज ।

तिम्रो उपस्थितिले मैले माया गर्न सिकें । तिम्रो सुन्दरताले मैले कविता कोर्न सिकें । तिमी मेरो मन भित्र नाचिरहेको हुन्छौ । अरुले तिमीलाई देख्न सक्दैनन्, तर मैले तिमीलाई बेला-बेलामा देखिरहन्छु र मैले देखेको त्यो तिम्रो दृश्य कला भएर बाहिर निस्किन्छ ।

केही तिम्रो जिन्दगी देखि टाढा भयो भनेर दुखी नबन । त्यो अरु कुनै रुप लिएर फेरी तिमीसंग आउनेछ ।

तिम्रो मनमा एउटा मैनबत्ति बल्न तयार भएर बसेको छ । तिम्रो आत्मा खाली भएको छ र त्यो भरिन चाहन्छ ।

प्रेम हाम्रो आमा हो । प्रेमले नै हामीलाई जन्माएको हो ।

प्रेमी प्रेमीका भेट्दैनन् । उनीहरु सधैभरि संगै रहिरहेका हुन्छन् ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text