हाम्रो जीवन हाम्रा निर्णयहरुको थुप्रो हो । हामी बीच हरेक काममा, हरेक परिस्थितिमा, हरेक दिनमा, हरेक पलमा विकल्पहरु हुन्छन् । ती विकल्पहरु मध्येबाट हामीले गरिने निर्णयले नै हाम्रो जीवनको यात्रा अगाडी बढिरहेको हुन्छ । यसअर्थमा हाम्रो भविष्य, हामीले आज लिने निर्णयहरुको परिणाम हो ।

आफ्नो लागि सही निर्णय कसरी लिने ?

सबैभन्दा पहिले आफ्ना विकल्पहरु हेर्नुहोस् । तपाईंसंग कतिवटा र कस्ता कस्ता विकल्प छन् भन्ने चिन्नुहोस् । मन धेरै चंचल नबनाउनुहोस् । सबैभन्दा प्रभावकारी हुनसक्ने विकल्पहरुको बारेमा मात्र सोंच्नुहोस् ।

आफ्नो दिमागमा चलिरहेका कुराहरु र ती विकल्पहरु बीच तुलना गर्नुहोस् । अब ती विकल्पहरुलाई क्रमबद्ध तरिकाले आफ्नो दिमागमा सेट गर्नुहोस् या डायरीमा लेख्नुहोस् ।

तपाईंले आज रोज्ने विकल्पले तपाईंलाई भोलीको दिनमा अगाडी बढ्न सहयोग गर्छ कि गर्दैन ? यदि तपाईंले आज लिनुभएको निर्णयले भविष्यमा तपाईंलाई कुनै सहयोग गर्दैन भने आज त्यो विकल्प रोज्नुको अर्थ रहँदैन । त्यसैले तपाईंसंग भएका ती विकल्पहरुलाई आफ्नो भविष्यसंग जोडेर हेर्नुहोस् । ती हरेक विकल्पलाई आफ्नो लक्ष्यसंग मिलाएर हेर्नुहोस् ।

निर्णय लिंदा आफ्नो खुशीलाई पनि प्राथमिकतामा राख्नुहोस् । यदि आज तपाईंले आफ्नो खुशीलाई बेवास्ता गरेर अरुको खुशीको लागि निर्णय लिनुहुन्छ भने, त्यसले तपाईंलाई दिनप्रतिदिन भित्र भित्रै मार्नेछ । भविष्यमा पछुतो हुनेछ । त्यसैले ती विकल्पहरुमा आफ्नो खुशी खोज्नुहोस् ।

आफ्ना कमजोरी, क्षमता, अवसर र चुनौतीको बारेमा विचार गर्नुहोस् । आफ्नो भविष्यसंग पनि मिल्दो र खुशी पनि भेटिने निर्णय लिंदा त्यसलाई कार्यान्वयन गर्नको लागि आफूलाई तयार पार्नुहोस् ।

‘मैले यस्तो गरेको भए हुनेथियो’, ‘यस्तो भइदिएको भए’ जस्ता सोंच कहिल्यै नराख्नुहोस् । उचित निर्णय लिनको लागि ढिला भएको छैन, कहिल्यै ढिला हुँदैन । र, यदि तपाईंले आफ्नो निर्णय फेर्ने अवस्था छैन भने आफ्नो पूराना निर्णयलाई कसरि प्रभावकारी बनाउने भन्ने योजनामा लाग्नुहोस् ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text