सिंह बच्चालाई जन्म दिनासाथ मर्यो । भर्खर जन्मेको त्यो बच्चा, छेउमा मरिरहेकी आमा देखेपछि त्यही बाटो हुँदै चर्न गएको एउटा भेंडालाई दया जाग्यो । त्यसपछि उसले आफ्नो बच्चा जसरि हुर्काउन थाल्यो ।

सिंहको बच्चा भेंडाको बथानमा नै रहेर हुर्कन थाल्यो । भेंडाहरु जस्तो गर्छन् , ऊ पनि त्यस्तै गर्थ्यो, जे खान्छन्, त्यही खान्थ्यो । यस्तै एकदिन शिकार खोज्न निस्किएको एउटा सिंहले भेंडाको बथान देख्यो ।

सिंह आफूहरु तिर आएको देखेपछि भेंडाहरु कराउंदै दौडिन थाले । सिंहको बच्चा पनि उनीहरुसंग नै दौडियो । जब भेंडाहरुलाई लखेटीरहेको सिंहले भेंडासंग सिंहको एउटा बच्चा पनि दौडिरहेको देख्यो, ऊ अचम्म पर्यो । त्यसपछि उसले भेंडाको शिकार गर्न छोडेर त्यो बच्चाको पछाडी दौडियो । सिंहको बच्चा भने ऊ संग डराएर झन् छिटो कुद्न थाल्यो ।

केहीछिनमै सिंह ती भेंडासंग दौडिएको सिंहको बच्चा निरै पुग्यो । त्यसपछि उसले त्यो बच्चालाई समातेर दौडियो अनि एउटा पोखरी नजिक लगेर राख्यो । पखरीमा सङ्लो पानी थियो । त्यसमा ठूलो सिंहले त्यो बच्चालाई आफूहरुको आकृति देखायो । बच्चा अचम्म पर्यो । सिंहलाई त्यो बच्चालाई ऊ को हो भनेर चिनाउनु थियो । त्यसैले आफ्ना र उसका हातहरु संगै राखेर उसलाई देखायो । अनि गर्जियो र उसलाई पनि गर्जिन भन्यो । बच्चा सिंहले तब मात्र आफ्नो विशेषता, आफ्नो क्षमता चिन्यो । आफ्नो साँचो परिचय पायो ।

हामी धेरैजसो व्यक्तिहरु भेंडाको बथानमा रहेर आफ्नो परिचय आफैले गुमाइरहेका छौं । अरुको सोंच, अरुको मार्ग र अरुकै जीवन अनुसार हिंडेर आफैले आफ्नो जीवनको अस्तित्व मेटाईरहेका छौं ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text