भर्जिनिया वुल्फ प्रसिद्ध अमेरिकी लेखक हुन् । उनी बीसौं शताब्दिका महत्वपूर्ण आधुनिक लेखक मध्येमा गनिन्छिन् । उनको जन्म सन् १८८२ मा भएको थियो भने सन् १९४१ मा उनको निधन भएको थियो ।

भर्जिनिया वुल्फका प्रेरक भनाइहरु :

अरु व्यक्तिका आँखा हाम्रो लागि जेल हुन् । अरु व्यक्तिको सोंचले गर्दा हामीले बन्दी जीवन बिताइरहेका हुन्छौं ।

जीवनका परिस्थितिहरुलाई स्वीकार नगर्दैमा तिमीले खुशी र शान्ती भेट्दैनौ ।

तिमी जति पटक टुट्छौ, ती टुक्राहरुलाई बटुल र मिलाएर राख ।

हतार नगर । कसैको पछि नलाग । कोही अरुजस्तो नबन । तिमी ‘आफू’ बनेर हिंडीराख ।

मेरा जराहरु गाडिएका छन् । तर म बग्न जानेकी छु ।

यदि कसैले तिम्रो सपनालाई मेटिदिने प्रयास गर्दैछ भने सोंच्नु, उसले तिम्रो जीवनको अस्तित्व मेटिदिने प्रयास गर्दैछ ।

यदि तिमीले आफ्नो बारेमा सत्य बोल्न सक्दैनौ भने, अरुको बारेमा पनि सत्य बोल्दैनौ ।

उसले गर्न सक्छ, किनकी उसले सोंच्छ कि, उसले सक्छ ।

कोही व्यक्तिले जीवन गुमाइसकेपछि मात्र हामीले आफ्नो जीवनको महत्व बुझ्न थाल्छौं ।

हरेक व्यक्तिसंग एउटा यस्तो विगत हुन्छ, जुन उसले आफ्नो मनमा बन्द गरेर राखेको हुन्छ र त्यसलाई उसले मात्र देख्न सक्छ । उसका साथीहरुले भने त्यसको शिर्षक पढ्न सक्छन् ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text