टोनी मरिसन प्रसिद्ध साहित्यकार हुन् । अमेरिकाकी यी साहित्यकारले नोबेल पुरस्कार समेत प्राप्य्त गरेकी थिईन् । काला समुदायलाई हेप्ने समयमा पनि आफूलाई अगाडी बढाउँदै लगेकी उनले विशेष गरि काला समुदायको हकहित तथा महिला अधिकार सम्बन्धि लेख्थिन् । उनको जन्म सन् १९३१ को फेब्रुअरी १८ मा भएको थियो ।

टोनी मरिसनका प्रेरक भनाइहरु :

तिमी नै तिम्रो सबैभन्दा राम्रो पक्ष हौ ।

सोंच्नु भन्दा अगाडी केही सपना देख ।

आफूलाई परिवर्तन नगर, आफूलाई प्रभावित गर्ने कुरालाई परिवर्तन गर ।

यदि तिमी उड्न चाहन्छौ भने तिमीलाई गह्रौं बनाइरहेका डर, अनावश्यक सोंच र भावनाहरुलाई शरीरको फोहोर जसरि भुइँमै फ़ालिदेऊ ।

मलाई कुनै कुरा देखि रिस उठ्यो भने म काम गर्न थाल्छु । मेरो आवेगलाई काममा उतार्छु ।

तिमीले मलाई माया गर्नु पर्दैन । तर तिमीले मलाई सम्मान भने गर्नैपर्छ ।

यदि तिमीले हावामा आफूलाई आत्मसमर्पण गर्छौ भने त्यो हावाको बहावसंगै मज्जा लिन सक्छौ ।

अरु व्यक्तिले आलोचना गर्दैमा मैले आफ्नो काममा परिवर्तन ल्याउँदिन ।

मैले मेरो पहिलो पुस्तक लेखें । किनकि मलाई त्यस्तै पुस्तक पढ्ने मन थियो ।

हरेक नदीसंग मीठो याद हुन्छ र ऊ त्यो ठाउँमा फर्किन चाहन्छ ।

टोनी मरिसनको प्रेरणादायी जीवनी :

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text