जन लेनन अंग्रेजी गायक, लेखक र शान्तीका अभियान्ता हुन्। उनको ब्याण्ड ‘द बिटल्स’ इतिहासमै व्यवसायिक रुपले सबैभन्दा सफल ब्याण्ड हो । जन लेननको जन्म सन् १९४० अक्टोबर ९ मा भएको थियो भने सन् १९८० डिसेम्बरमा उनको निधन भएको थियो ।

जन लेननका प्रेरक भनाइहरु :

तिमीले कसैको अगाडी आफूलाई प्रमाणित गर्नु जरुरि छैन । तिमी जो हौ, सुन्दर र क्षमतावान छौ ।

यदि तिमी सबैलाई खुशी पार्ने कोसिस गर्छौ भने अन्तिममा तिमीलाई नै कसैले मन पराउँदैन । आफूलाई जे सही लाग्छ, त्यो गर ।

अरुको लुगा भित्र पसेर हामीले आफ्नो शरीरको नाप पत्ता लगाउन सक्दैनौं ।

तिमीले एउटा योजना बनाउंदै गर्दा, नसोंचेको अर्को परिस्थिति आउनु नै जीवन हो ।

अन्तिममा सबैकुरा ठीक हुन्छ । र यदि ठीक हुँदैन भने अन्त्य भएको छैन ।

मलाई राजा बन्नु छैन । मलाई म जो हूँ, त्यो बन्नु छ ।

मलाई कसैले पनि नियन्त्रण गर्न सक्दैन । मलाई म आफूले मात्र नियन्त्रण गर्न सक्छु ।

हामी आशावादी रहनु जरुरि छ । व्यक्तिले आशा गर्न नै छोड्यो भने ऊ डुब्न थाल्छ ।

यहाँ समस्याहरु छैनन् । समाधानका उपायहरु मात्र छन् ।

हामी सबै चम्किरहेका छौं, त्यो सूर्य जस्तै, त्यो चन्द्रमा जस्तै र ती ताराहरु जस्तै ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text