जर्ज बर्नार्ड श प्रसिद्ध नाटककार, विश्लेषक तथा अभियन्ता हुन् । आयरल्याण्डका उनी सन् १९२५ मा साहित्य तर्फ नोबेल पुरस्कारले सम्मानित भएका थिए । जर्ज बर्नड श विशेष गरि बर्नड श नामले चिनिन्छन् । उनको जन्म सन् १८५६ जुलाई २६ मा भएको थियो भने सन् १९५० नोभेम्बर २ मा उनको निधन भएको थियो ।

जर्ज बर्नार्ड शका प्रेरक भनाइहरु :

जुन व्यक्तिले समय अनुसार आफ्नो सोंचलाई परिवर्तन गर्न सक्दैन, त्यस व्यक्तिले प्रगति गर्न सक्दैन ।

जसरी आफ्नो अनुहार थाहा पाउनको लागि ऐना हेर्छौ, आफ्नो आत्माको बारे थाहा पाउनको लागि आफूले गरेको काम हेर ।

गलत जानकारी खाली दिमागभन्दा पनि बढी खतरनाक हुन्छ ।

शक्ति या पदले व्यक्तिलाई भ्रष्ट बनाउँदैन । जब मूर्ख व्यक्तिहरुले शक्ति या पद प्राप्त गर्छन्, तब भ्रष्ट बन्छन् ।

सफलता भनेको कहिल्यै गल्ती नगर्नु होइन, एकपटक भएको गल्तीलाई फेरी नदोहोर्याउनु हो ।

तिमी एकपटक पनि ‘कंगाल’ नबनी अकस्मात ‘हिरो’ बन्न सक्दैनौ ।

केही नगरी बिताएको जीवन भन्दा गल्तीहरु गरेर बिताएको जीवन सम्मानजनक हुन्छ ।

विगतका कारणले होइन, भविष्यको जीम्मेवारीबोधले हामीलाई इमान्दार बनाउँछ ।

जीवन भनेको आफ्नो अस्तित्व खोज्नु होइन, आफ्नो अस्तित्व बनाउनु हो ।

सबैभन्दा पहिले आफूलाई सफा र सकारात्मक बनाऊ । तब मात्र तिमीले सकारात्मक कुराहरु देख्न सक्नेछौ ।

आलोचनाले आफूमा असर हुन नदिनु भनेको प्रगतिको एक चरण पार गर्नु हो ।

गर्ने या नगर्ने भन्ने तिम्रो सोंचले नै सम्भावना र अवसरहरुको निर्धारण हुन्छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text