बाटोमा हिंड्दा कहिलेकाहीं हामीले पैसा भेट्ने गर्छौं, कहिले सिक्का त कहिले केही रकम नै पनि हुन सक्छ । तर बाटोमा या सार्वजनिक ठाउँमा धेरैजसो सिक्का नै झरेका भेटिन्छन् । किनकि सिक्का सजिलै गोजी या पर्स बाहिर झर्ने हुन्छ भने भुइँमा झरेको सिक्का कहिलेकाहीं हामीले उठाउने झन्झट पनि गर्दैनौं । एक/ दुई रुपैयाँ त हो नि, भनेर हामी अगाडी बढ्छौं र त्यही सोंचले बाटोमा अरुले खसालेको एक/दुई रुपैयाँको सिक्का उठाउँदैनौं ।

कोरियाका एक व्यक्तिले भने बाटोमा भेटिएका सिक्का जम्मा गरेर समाजसेवामा खर्च गर्दै आएका छन् । ७७ वर्ष उमेरका योङ्ग एसले विगत १२ वर्ष देखि सो कार्य थालेका हुन् । सुरुमा उनले चर्च तथा संस्था मार्फत रकम समाजसेवामा खर्च गर्थे । अहिले भने उनले आफैले नै बाटोमा बस्ने घरविहिन व्यक्तिहरुलाई दिने गर्छन् ।

हाल क्यानडामा बस्ने उनी भन्छन् , ” कोरियामा रहंदा मेरो बुवा भन्नुहुन्थ्यो, ‘हरेक सिक्काको महत्व हुन्छ । हरेक सिक्कालाई सम्मान गर्न सिक’ । बुवाको त्यो भनाइले गर्दा मैले पैसाको महत्व, हरेक सिक्काको महत्व बुझें “।

योङ्ग एसको यो कामले प्रभावित भएर अहिले अरु व्यक्तिले समेत उनको काम पछ्याइरहेका छन् ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text