पानीको फोका जस्तै,
हिउँको डल्लो जस्तै,
मनसुनको घाम जस्तै,
बकम्फुसे काम जस्तै,
दिनको जून जस्तै,
सागरको नुन जस्तै,
काम नलाग्ने हुन्छ
तिम्रो घमण्ड ।

त्यस्तै काम नलाग्ने छ तिम्रो शरीर
क्षणभंगुर छ सबैथोक
समयमा भएको परिवर्तनसंगै
हीरा पनि कोइला बन्न सक्छ
बाघ बाख्रो जस्तो
नगर शरीरको घमण्ड
हातको फूर्ती ।

कसैले भनेका छन्,
अहिले जमिन माथि छौ,
भोली त्यसकै माथि हुनेछौ ।
धन सकिन्छ तिम्रो
सान सकिन्छ तिम्रो
मान सकिन्छ तिम्रो
सकिन्छ सबथोक तिम्रो ।

सकिन्छ सबथोक तिम्रो
तिम्रो ख्याति घुनले खान्छ,
तिम्रो धनमा खिया लाग्छ ।
व्यर्थै बन्छौ अहिले घमण्डी किन ?

बोल दुई शब्द

हाँस्न बिर्सेको छ मान्छेले
जोखेर हाँस चार किलो
खुशी होऊ पाँच किलो
अनि फर्केर हेर संसार
भेट्नेछौ हजारौं टन खुशी
लाखौं टन हाँसो
अनि भेट्नेछौ
केही किलो सन्तुष्टि
बढ्नेछ आँट, साहस र आत्मविश्वास ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text