डाक्टर सुसको पूरा नाम थेओडर सुस गेजल हो । उनी प्रसिद्ध अमेरिकी लेखक तथा कार्टुनिस्ट हुन् । बाल साहित्यमा उनको नाम संसारभर फैलिएको छ । लेखन कार्यमा उनले आफ्नो नाम डाक्टर सुस लेख्ने गर्थे । डाक्टर सुसको जन्म सन् १९०४ मार्च २ मा भएको थियो भने सन् १९९१ सेप्टेम्बर २४ मा निधन भएको थियो ।

डाक्टर सुसका प्रेरक भनाइहरु :

तिम्रो दिमाग तिम्रै टाउकोमा छ, तिम्रा पाइताला तिम्रै जुत्ताभित्र छन् । तिमी आफूले चाहेको दिशामा फर्किन सक्छौ । तिमी अरु कसैको होइनौ, तिम्रो आफ्नै होऊ र तिमीलाई थाहा छ कि, तिमी के चाहन्छौ । तिमी कता जाने, कहाँ पुग्ने भन्ने कुरा मात्र तिमीले निर्णय गर्न सक्छौ ।

त्यो गुम्यो भनेर नरोऊ, त्यसले दिएका याद र पाठहरु सम्झेर मुस्कुराऊ ।

कहिलेकाहीं प्रश्नहरु जटिल हुन्छन् र उत्तर सजिला हुन्छन् । तर हामी भने प्रश्नहरुको जटिलतामा अल्झिन्छौँ ।

आज यसरि काम गर कि, मानौं, आजको दिनकै कारण मानिसहरुले तिमीलाई तिम्रो मृत्यु पछि पनि सम्झिनेछन् ।

म त आफ्नो खुट्टामा उभिनको लागि जन्मिएको हूँ, खुम्चिएर किन बस्नु ?

आज तिम्रो दिन हो, मात्र तिम्रो । त्यो चुचुरोले तिमीलाई पर्खिरहेको छ । पहाड चढ्न सुरु गर ।

तिम्रो भविष्यलाई अरु कसैले नियन्त्रण गर्न सक्दैन, तिम्रो भविष्यलाई तिमी आफूले मात्र नियन्त्रण गर्न सक्छौ ।

यहाँ तिमी जस्तो अरु कोही पनि व्यक्ति जीवित छैन । तिमी मात्र तिमी हौ ।

तिम्रो ज्ञानको कुनै सिमित घेरा हुँदैन । तिमी नियमहरु भन्दा जति माथी गएर सोंच्न सक्छौ, तिम्रो ज्ञान त्यति नै मात्रामा बढ्दै जान्छ ।

सोंच र प्रश्न गर । प्रश्न गर र सोंच ।

मेरा समस्याले मलाई जसरि सताइरहेका छन्, अब ती समस्यालाई मैले सताउनेछु ।

आफूलाई सधै भन्ने गर, ” तँ भाग्यमानि छस् ” ।

त्यो कुरा जतिसुकै राम्रो होस्, त्यसको अन्त्य नहुँदा सम्म हामीले त्यसको नकारात्मक पाटो मात्र हेर्ने गर्छौं र तनाव त्यसैले सिर्जना गर्छ ।

व्यक्ति जो कोही होस्, ऊ मानिस हो ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text