होरेस प्रसिद्ध रोमन कवि हुन् । उनको जन्म ६५ बिसीमा भएको थियो ।

होरेसका जीवनोपयोगी भनाइहरु :

भाग्यले मान्छेलाई धेरै साथ दिनु भनेको भाग्यले उसलाई मूर्ख बनाउनु हो । जब भाग्यले धेरै साथ दिन्छ, मान्छेले प्रगति गर्दैन ।

कलम भनेको दिमागको जिब्रो हो ।

सोंच्न छोड, काम गर ।

जो असफलता देखि डराउँछ, ऊ सधै जहाँको त्यहीं रहन्छ ।

दिमागलाई आफ्नो नियन्त्रणमा राख । होइन भने, दिमागले तिमीलाई नियन्त्रणमा राख्नेछ ।

जसले सुरु गर्यो, ऊ आफ्नो लक्ष्यको आधा बाटोमा पुगिसक्यो ।

आफ्ना गम्भीर योजनासंग केही मूर्खता मिलाऊ ।

किताबबाट मात्र मिलेको ज्ञान, ज्ञान होइन ।

जसले साना-साना कुराहरुमा खुशी देख्दैन, ऊ जीवनको दास बनेर बाँच्छ ।

तिमीले हरेक कोणबाट हेर्न थाल्छौ भने कुनै कुरा पनि राम्रो लाग्दैन ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text