विल्सन मिज्नर अमेरिकी नाटककार तथा उद्धमी हुन् । उनको जन्म सन् १८७६ मे १९ मा भएको थियो भने ५६ वर्षको उमेरमा सन् १९३३ मा उनको निधन भएको थियो ।
विल्सन मिज्नरका जीवनोपयोगी भनाइहरु
माथि उक्लिँदै गर्दा पनि मानिसहरुसंग राम्रो व्यवहार गर । किनकी तिमी ओरालो लाग्दा तिनै मानिसहरु भेट हुनेछन्।
भगवानको कृपाको आवश्यकता उनीहरुलाई हुन्छ, जसले आफूले आफूलाई सहयोग गर्दैनन् ।
मैले यस्ता धेरै व्यक्तिहरु चिनेको छु, जो पढाइमा डुब्छन् । तर उनीहरुसंग आफ्नो सोंच भन्ने हुँदैन । आफ्ना सोंचहरु जन्माऊ ।
आफ्नो क्षमता भनेको मुड्की हो, र त्यो क्षमतालाई प्रयोग गर्ने आइडिया भनेको खुट्टाको चाल हो ।
व्यक्ति कुन कुरामा हाँस्छ, त्यो हेरेर मैले उसको मूल्यांकन गर्न सक्छु ।
आधा परिपक्क मानिसहरु सबैभन्दा अप्ठ्यारा हुन्छन् ।
जो व्यक्ति बिहान उठ्दा एउटा सपना लिएर उठ्यो, वास्तवमा ऊ निदाएकै थिएन ।
एउटा नोकरको मालिक एउटा मात्र हुन्छ । तर सफल भएको व्यक्तिको मालिक धेरै हुन्छन् , किनकी उनीहरुले सोंच्छन्, उनीहरुको सहयोगले गर्दा त्यो व्यक्ति सफल भएको हो ।
राम्रो कामको लागि भिंड दौडेको मैले देखेको छैन । एक्लै उभिने साहस गर ।
यदि तिमीले आफूसंग भएका हरेक कुराहरु गन्न थाल्यौ भने, तिमीले आफूलाई धनी देख्नेछौ ।
जो व्यक्ति आफू कुनै पनि कुरामा मूर्ख छु भनेर स्विकार्दैन, ऊ आफू भित्र भित्रै शंकाले घेरिएको हुन्छ ।