माइकल जोर्डन उत्कृष्ट बास्केटबल खेलाडी हुन् । उनी असफलतालाई जितेर अगाडी बढेका व्यक्ति हुन् । उनको जन्म सन् १९६३ फेब्रुअरी १७ मा भएको हो ।
माइकल जोर्डनका प्रेरक भनाइहरु :
पर्खाल देखेर नफर्क । त्यसलाई नाघेर, त्यसमा चढेर या त्यसलाई भत्काएर अगाडी बढ्ने भन्ने सोंच ।
अरुको कुराले गर्दा आफ्नो खुट्टा चिप्लिन नदेऊ । तिमीले जुन कुरा विश्वास गर्छौ, त्यो कुरा लिएर अगाडी बढ।
सिमितता र डर भनेका केवल भ्रम हुन् ।
सिकाइ उपहार हो भने पीडा गुरु हो ।
सबैभन्दा नराम्रो कुराबाट नै सबैभन्दा राम्रो कुरा निस्किन्छ ।
सफल हुन सिक्न चाहन्छौ भने पहिले असफल हुन सिक ।
यदि तिमीले एक पटक हार मानेर छोड्यौ भने त्यो तिम्रो बानी बन्छ । त्यसैले कहिल्यै पनि हार मानेर नछोड ।
असफल हुनु स्वभाविक हो । तर असफल भएपछि फेरी प्रयास गर्न छोड्नु भनेको लाजमर्दो हो ।
म सयौं पटक असफल भएँ, त्यसैले म सफल भएँ ।
कहिलेकाहीं आफूले सोंचे जस्तो नतिजा आउंदैन, तर तिमीले प्रयास भने त्यति नै गरिरहनुपर्छ ।
प्रतिभा सबैसंग हुन्छ, तर त्यो प्रतिभा बाहिर ल्याउन कडा मेहनत चाहिन्छ ।
हरेक पललाई खुलेर जिउन सिक ।