मिक ज्यागर प्रसिद्ध अमेरिकी गायक, गीतकार, अभिनेता तथा फिल्म निर्माता हुन् । रक एण्ड रोल म्युजिकमा उनी सबैभन्दा लोकप्रिय तथा प्रभावशाली व्यक्तित्व मध्ये एक मानिन्छन् । उनको जन्म सन् १९४३ जुलाई २६ मा भएको थियो ।

मिक ज्यागरका प्रेरक भनाइहरु :

यदि तिमीले आफ्नो जिन्दगीको सपना बिर्सियौ भने सम्झ, तिमीले आफ्नो दिमाग पनि गुमायौ ।

तिमीलाई थाहा छ कि तिम्रो जरा कहाँ छ, तर तिमी जहींतहीं फैलिनुपर्छ, आकाशमा पनि ।

मलाई विगत सुन्दर लाग्छ, मलाई मेरो विगत मेट्नु छैन, तर मलाई मेरो विगतमै भुलेर बस्नु पनि छैन ।

मेरो अनुहार पहिलो पेजमा छ, तर कसैले सत्रौं पेजमा गएर मेरो बारेमा केही भन्छ भने, मलाई त्यसको मतलब छैन।

तिमीले सधै आफूले चाहेको कुरा पाउन सक्दैनौ, तर प्रयास जारि राख्यौ भने त्यो कुरा पाउन सक्छौ, जुन कुरा तिमीलाई आवश्यक छ ।

यदि त्यो गर्नलायक काम हो भने भने त्यो काम थप मेहनत गर्नलायक काम हो ।

यदि तिमीले कुनै कुरालाई एउटा नशाको रुपमा चाहन्छौ भने त्यो कुरालाई पाउन तिमीले जस्तोसुकै घेराबन्दी तोड्न सक्छौ । तिम्रो लागि त्यो कुरा प्राथमिकता बन्छ र त्यो बाहेकका सबै कुरा विकल्प मात्र लाग्छन् ।

म विगतमा नअल्झिनको लागि सचेत छु । त्यसैले मैले मेरा पूरा गीतहरु सम्झेर बस्दिन ।

बिहान उठेर नास्ताको लागि हातमा चम्चा लिंदा सोंच, अब नयाँ चम्चा लिनुपर्छ ।

तिमीले आफूले आफूलाई फिर्ता नपाउँदासम्म आफूलाई जान देऊ ।

मानिसहरुलाई लाग्छ कि उनीहरुले तिमीलाई चिनेका छन् । तर उनीहरुले तिमीलाई तिम्रा ती कुराको आधारमा मूल्यांकन गरिरहेका हुन्छन्, जुन कुरा तिमीले बिर्सिसकेका छौ ।

जीवन भनेको बाटोमा भइरहेको कक्टेल पार्टी जस्तै हो ।

राम्रो कुरा कहिल्यै पनि मर्दैन ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text