हामी आफूले काम खोज्दै गर्दा होस् या कसैको मूल्यांकन गर्दा होस् , कामलाई एउटा तह सम्मान तोकिदिन्छौँ कामप्रतिको यहि मानसिकताको कारण हामी कहिले बेरोजगार रहन्छौं , कहिले सिक्ने अवसरबाट बन्चित हुन्छौं त्यस्तै यसरि गरिने मूल्यांकनले मानिसहरुको क्षमता, उसको ज्ञान, पसिनाको अवमूल्यन गरिरहेका हुन्छौं भने उसले कोरिरहेको सुनौलो भविष्यबारे आँखा चिम्लिरहेका हुन्छौं तर वास्तवमा, जीवनमा त्यो मानिस सफल हुन्छ जसले कामको तह तोक्दैन। जसले तल्लो तह भनिएको काम गर्छ उसले त्यो क्षेत्रको आधारभूत कुराहरुको ज्ञान लिने मौका पाउँछ त्यो ज्ञान, अनुभव, मेहनतलाई बढाउंदै जाँदा सफल व्यक्ति बनेर उदाउँछ यस्तै व्यक्ति मध्येका एक हुन्, भारतको जेट एयरवेजका मालिक, नरेश गोयल

भारतको पटियालामा सन् १९४९ मा एक व्यापारिक घरानामा नरेश गोयलको जन्म भएको थियो नरेश गोयल सानो छंदा नै उनको परिवारको व्यापार घाटामा गयो सबै सम्पत्ति गुम्यो १२ वर्षका उनि परिवारको साथमा आर्थिक गरिबीसंग जुधे उनि विद्यालय शिक्षा सकेपछि चार्टर्ड अकाउनटेन्ट पढ्न चाहन्थे तर परिवारको आर्थिक स्थितिले उनलाई साथ नदिंदा उनले त्यो सपनालाई मारेर १८ वर्षको उमेरमा बि.कम पूरा गरे

बि.कम पूरा गरिसकेपछि नरेश गोयलले आफ्नी आमाको काकाको ट्राभल एजेन्सीमा क्यासियरको काम गर्न थाले। उक्त काम बापत उनको मासिक तलब मात्र ३०० भा.रु थियो त्यसपछि गोयलको मेहनत लगनले गर्दा उनले एयरलाईन्सहरुमा काम गर्ने अवसर पाए कामको राम्रो अनुभवले गर्दा उनले इरानमा आधारित एयरलाईन्सको म्यानेजर पदमा जागिर पाए। त्यसपछिको पांच वर्षसम्म गोयलले विभिन्न एयरलाईन्समा काम गरे

एयरलाईन्सको काममा पर्याप्त अनुभव बटुलीसकेपछि नरेश गोयलले आफ्नै ट्राभल एजेन्सी खोल्ने निधो त्यतिबेला २५ वर्ष पुगेका उनले आफूले  देखेको सपनाजेट एयरपूरा गर्ने बाटो खन्न थाले उनले आफ्नी आमाको गहना बेचेर १५,००० रुपैयाँ जम्मा पारेर १०,००० लगानी गरेर ट्राभल एजेन्सीको रुपमाजेट एयरस्थापना गरे। उनको अथक मेहनतले ट्राभल एजेन्सी सफलताको बाटोमा हिंड्न थाल्यो जेट एयरलाई जेट एयरवेजमा लैजान उनलाई केही वर्ष लाग्यो

सन् १९९१ मा भारतमा निजी एयरलायन्स खुल्न थाले यहि मौकामा उनले आफ्नो ट्राभल एजेन्सीलाई एयरलाईन्समा लगे। सन् १९९३ अप्रिल १८ मा पहिलो पटक मुम्बईको सान्टा क्रुज एयरपोर्टबाट जेट एयरवेज उडेको थियो हाल जेट एयरवेज विश्वकै प्रतिष्ठित कम्पनीहरुमा गनिन्छ भारतको ट्राभल मार्केटको ३२ प्रतिशत सेयर यस कम्पनीले ओगटेको भने हाल ,३०० करोड सम्पत्ति भएका नरेश गोयल भारतका १६ औं धनी व्यक्तिमा गनिन्छन्। उनि आफ्नो काममा सधै धैर्यवान तथा लगनशील बनेर लागे अहिले पनि उनि उत्तिकै मेहनत गरिरहेका छन् असाधारण व्यक्तित्वका धनी उनि सधै साधारण रुपमा प्रस्तुत हुन्छन्

जीवनका अभावहरुले नै हामीलाई धेरै कुरा सिकाउँछन्, समस्याहरुसंग जुध्न सक्ने आँट भरिदिन्छन् तपाई समस्याहरु भन्दा माथि उठ्न तपाईंले  सपना देख्न जरुरि त्यो सपना पूरा गर्न तपाईंलाई तिनै समस्याहरुले सिकाएका अनुभव हिम्मतले हतियारको रुपमा सहयोग गर्छन् कामको सम्मान गर्नुस्, सपना देख्नुस्, मेहनत गर्नुस्, आफूमाथि भरोसा गर्नुस् , सफलता तपाईंको हातमा , चाहे ढिलो नै किन नहोस्

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text