सुकरात आफ्ना चेलाहरुसंग बसेर कुराकानी गर्दै थिए । यत्तिकैमा आफूलाई ज्योतिष बताउने एकजना व्यक्ति उनीहरु छेउ आए । ती ज्योतिषले दाबी गरे कि, उनले मानिसको अनुहार हेरेर त्यो मान्छेको बारेमा बताउन सक्छन् ।

ज्योतिषले सुकरातको बारेमा बताउन थाले, ” तपाईंको नाकका प्वालको आकार देख्दा यो थाहा हुन्छ कि, तपाईं रिसाहा हुनुहुन्छ । टाउकोको आकारले यो बताउँछ कि, तपाईं लोभी हुनुहुन्छ । तपाईंको दारीको आकार अनुसार, तपाईं सन्की स्वभावको हुनुहुन्छ । ओंठको आकारले यो भन्छ कि, तपाईंले मानिसहरुलाई विद्रोह गर्न उकाउनुहुन्छ ” ।

ज्योतिषले सुकरातको बारेमा नकारात्मक कुरा बताएपछि उनका चेलाहरु रिसाए । तर सुकरातले भने उनलाई धन्यवाद सहित उपहार समेत दिएर पठाए ।

ज्योतिष गइसकेपछि सुकरातले आफ्ना चेलाहरुलाई सम्झाउँदै भने,” म रिसाहा पनि छु, सन्की पनि छु, लोभी पनि छु । ज्योतिषले सही भने । तर उनले उनलाई यो थाहा भएन कि, मैले मेरो सकारात्मक सोंचले मेरा ती अवगुणहरुलाई ‘कन्ट्रोल’ गर्छु ” ।

संसारमा सर्वगुण सम्पन्न व्यक्ति कोही पनि हुँदैन । हरेक व्यक्तिमा नकारात्मक र सकारात्मक पक्ष हुन्छन् । फरक यो हो कि, व्यक्तिले आफ्ना नकारात्मक कुराले सकारात्मक कुरालाई कन्ट्रोल गर्छ या सकारात्मक कुराले नकारात्मक कुरालाई कन्ट्रोल गर्छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text