थोमस एल्वा एडिसनले कैयौं पटकको प्रयास पछि बल्ब बनाउन सफल भए । त्यसपछि उनले पिउनको काम गर्ने स्टाफलाई बोलाएर त्यो बल्ब परिक्षणको लागि राख्न अह्राए । तर ती स्टाफ पहिलो पटक बल्ब समाएका कारण अत्तालिएर बल्ब भुइँमा छोडिदिए।

दुई दिनपछि एडिसनले बल्बको परिक्षणको लागि फेरी मिटिंग बोलाए । त्यसपछि उनले तिनै पहिलेको स्टाफलाई बोलाएर बल्ब हातमा लिन भने । अरु स्टाफले भन्न थाले, ” उसले अस्ति पनि बल्ब फुटाएको हो । अहिले पनि फुटाउन सक्छ । किन दिनुभएको उसलाई ? ”

त्यसपछि एडिसनले जवाफ दिए, ” अस्ति फुटेको बल्ब बनाउन मलाई एक दिन लाग्यो । यो बल्ब फुट्यो भने यसलाई फेरी बनाउनको लागि एक दिन लाग्नेछ र त्यो म बनाउन सक्छु । तर आफ्नो हातबाट अस्ति बल्ब फुटेका कारण यो केटोले गल्तीको पश्चाताप गरिरह्यो भने उसले जिन्दगीभर आफ्नो आत्मविश्वास गुमाउनेछ र डरमा बाँचिरहनेछ । गल्ती गरेपछि जब व्यक्तिले त्यो गल्तीलाई सुधार्नको लागि त्यही काम फेरी गर्दैन, ऊ पश्चातापमा बाँच्छ, जुन उसको जिन्दगीको लागि खतरनाक हुन्छ ” ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text