एउटा बजारमा दुई जना किसानले दुध बेच्न ल्याउन गर्थे । सावित्रा र पदम गाउँबाट बिहानै दुध बेच्नको लागि आउने गर्थे । पदम र सावित्राका गाई उत्ति नै थिए, तर पदमले सावित्राले भन्दा धेरै घरमा दुध बेच्थ्यो । उत्ति नै गाई भएर पनि पदमले कसरि आफूले भन्दा धेरै घरमा दुध पुर्याउँछ भनेर सावित्रालाई शंका लाग्यो ।

सावित्राले पदमको चियो गर्न थाली । उसले थाहा पाई की, पदमले दुधमा पानी मिलाउने रहेछ, त्यसैले धेरै घरमा पुग्ने रहेछ । त्यसपछि सावित्राले पनि दुधमा केही पानी राखेर बेच्न थाली । अब उसले पहिलेभन्दा धेरै घरमा दुध बेच्न सकी र आम्दानी पनि धेरै भयो । सावित्रामा लोभ बढ्न थाल्यो । उसले बिस्तारै पानीको मात्र बढाउन थाली । उसले पैसाको लोभमा दुधमा यति पानी मिलाउन थाली कि अब दुधमा पानी धेरै हुन थालिसकेको थियो ।

अब मान्छेहरुले सावित्राले बेच्ने दुध किन्न छोडे । पदमले दुधमा पानीको मात्रा बढाएको थिएन, त्यसैले ग्राहकले सावित्राले बेच्ने दुध छोडेर पदमले बेच्ने दुध किन्न थाले । यता सावित्राको आम्दानी सुक्न थाल्यो । पदमले भने आफ्ना ग्राहक बढेपछि गाई थप्यो र आम्दानी पनि बढ्यो । हेर्दा हेर्दि पदमले काम गर्नेहरु समेत राखेर गाईपालन गर्दै दुध, घ्युको व्यापार गर्न थाल्यो भने सावित्रा जहाँको त्यहीं रही ।

हामीले अरुले गरिरहेको आम्दानी देखेर उनीहरुको नक्कल गरेर काम गर्न थाल्छौं । कामको पछाडी भन्दा लोभको पछाडी लाग्छौं । आफ्नो दिमाग प्रयोग गर्नेभन्दा बढी अरुको नक्कल गर्ने गर्दा आफैले आफूलाई बजारबाट विस्थापित गर्छौं । र, अरुको नक्कल भन्दा बढी आफ्नो दिमाग र सिर्जनात्मकतालाई ध्यान दिनेहरु निरन्तर अगाडी बढीरहन्छन् ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text