आफूलाई ‘बिचरा’ नठान । केही गर्न हिम्मत नभएकाहरुले मात्र आफूलाई बिचरा सम्झिन्छन्।

परिचय

हारुकी मुराकामी जापानी उपन्यासकारका साथै भाषा अनुवादक पनि हुन् । उनका कृतिहरु जापानमा मात्रै नभई संसारमै प्रख्यात छन् । द गार्जियनले हारुकी मुराकामीलाई संसारका जीवित उपन्यासकारहरु मध्ये महान उपन्यासकारको उपमा दिएको थियो । उनले लेखेका उपन्यासहरु पचास भन्दा बढी भाषामा अनुवादित छन् । उनको जन्म सन् १९४९ जनवरी १२ मा भएको हो ।

प्रारम्भिक जीवन

हारुकीको जन्म जापानमा भएको हो । उनलाई सानो छँदै उनका बुवा आमाले जापानी साहित्य सम्बन्धि ज्ञान दिएका थिए । बाल्यकालमा उनी अमेरिकन लेखकहरु कर्ट भनेगट , रिचार्ड ब्रटिगन र ज्याक केरुवक बाट प्रभावित थिए । पश्चिमी संस्कृतीबाट प्रभावित भएको हुनाले उनका कृतिहरु अरु जापानिज लेखकहरुको कृति भन्दा फरक पाइन्छन् । उनले वासेडा युनिभर्सिटीमा नाटक विषयमा अध्ययन गरेका थिए ।

साहित्य यात्रा

जीवनयापनका लागि शुरुमा हारुकीले एउटा म्युजिक स्टोरमा काम गरेका थिए । सन् १९७४ मा उनले श्रीमतीसंग मिलेर टोकियोमा एउटा कफी हाउस र ज्याजबार खोलेका थिए ।

सन् १९७८ मा जिङ्गु स्टेडियममा बेसबल खेल हेरिरहेको बेला हारुकीलाई उपन्यास लेख्न शुरु गर्ने उत्साह जाग्यो । लेख्दा लेख्दै उनले दुई सय पेजको उपन्यास लेखे र शिर्षक दिए “हियर द विन्ड सिङ्ग” । त्यो उपन्यासलाई उनले नयाँ राइटर कन्टेस्ट मा पठाए र त्यसको विजेता पनि बने । उनको त्यो उपन्यास अर्को वर्ष प्रकाशित भएको थियो । उनको दोस्रो उपन्यास “पिनबल १९७३” सन् १९८० मा प्रकाशित भएको थियो जसमा एक्लोपना, संगति र नियति का बारेमा वर्णन गरिएको छ । सो उपन्यास अकुतागवा प्राइजका लागि नोमिनेट भएको थियो ।

आफूले लेखेका उपन्यासहरु प्रसिद्ध हुँदै जाँदा हारुकीलाई आफ्नो पूरा समय लेखनमै बिताउने इच्छा जाग्यो र उनले आफ्नो ज्याज क्लब बन्द गरे । सन् १९८२ मा उनको नयाँ उपन्यास “अ वाइल्ड शिप चेज” प्रकाशित भएको थियो । जसमा युद्ध पछिको जापानको सांस्कृतिक परिचय बारे चित्रण गरिएको निकै ससक्त कथा छ । त्यसपछि उनका अरु दुई उपन्यास सिरिजमा प्रकाशित भए जसको शिर्षक थियो “ट्रिलोजी अफ द रयाट”। त्यसपछिका केहि अर्ष उनले फुजिसावा र सेंदागया मा घुमफिर गरेर बिताए । सन् १९८५ मा उनको उपन्यास “हार्ड बोइल्ड वंडरल्याण्ड एण्ड द एण्ड अफ द वर्ल्ड’ प्रकाशित भएको थियो । यो उपन्यास उनले लेखेका कृतिहरु मध्ये सर्वश्रेष्ठ मानिन्छ ।

त्यसको दुई वर्ष पछि सन् १९८७ मा हारुकीको अर्को उपन्यास “द नर्वेजियन वुड” प्रकाशित भयो जसमा सन् १९६० को दशक तिर टोकीयोमा जापानी विद्यार्थीले गरेको स्थापित आदेश विरुद्धको आन्दोलन बारे उल्लेख गरिएको छ । सो उपन्यास युवाहरु माझ निकै प्रसिद्ध भएको थियो ।
सन् १९९१ जनवरी मा हारुकी न्यु जर्सी गए र त्यहाँ उनी प्रिन्सटन युनिभर्सिटीमा सहायक अनुसन्धानकर्ता का रुपमा काम गर्न थाले । सन् १९९२ मा उनी सोही युनिभर्सिटीको सहायक प्राध्यापक पदमा पदोउन्नति पाएपछि उनले सन् १९९३ मा विलियम होवार्ड टाफ्त युनिभर्सिटिमा अध्यापन गराउन थाले । अध्यापनका साथै उनले आफ्नो लेखनकलालाई पनि जारी राखे । सन् १९९० को दशकमा उनले आफ्ना विभिन्न उपन्यासहरु प्रकाशन गरे । सन् १९९२ मा “साउथ अफ द बोर्डर , वेस्ट अफ द सन” , सन् १९९५ मा “द विन्ड अप बर्ड क्रोनिकल” र सन् १९९९ मा ” स्पटनिक स्विटहार्ट ” प्रकाशित भएका थिए ।

सन् २००२ मा हारुकी द्वारा लिखित उपन्यास “कफ्का अन द शोर ” प्रकाशित भयो र सन् २००५ मा सो उपन्यासको अंग्रेजी अनुवाद प्रकाशन भयो । हारुकीको सो कृति निकै प्रसिद्ध हुनुका साथै नकारात्मक र सकारात्मक दुवै टिप्पणी बटुलेको थियो । सन् २००९ देखि सन् २०१० सम्म उनले लेखेको उपन्यास ” आइ क्यु ८४” का तीनवटा सिरिजहरु प्रकाशित भए जसले निकै तहल्का मच्चाएको थियो । सो उपन्यासको अंग्रेजी अनुवाद सन् २००११ मा प्रकाशन गरिएको थियो । हारुकीले उपन्यासका साथै छोटा कथाहरु र अरु लेखहरुमा पनि आफ्नो कलम चलाएका छन् ।

हारुकी एक म्याराथुन धावक पनि हुन् । उनि प्रतिस्पर्धाका लागि नभई आफ्नो सोखको लागि दौडिने गर्दछन् ।

सफलता

सन् २००६ मा हारुकीलाई अन्तर्राष्ट्रिय साहित्य अवार्ड द्वारा “फ्रान्ज कफ्का प्राइज ” दिइएको थियो । सन् २००९ मा उनलाई “जेरुसेलम प्राइज ” द्वारा सम्मानित गरिएको थियो जुन प्राइज मानवअधिकार ,मानव समाज ,राजनीति र सरकार बारे कलम चलाउने लेखकलाई दिइन्छ । उनका कृतिहरुलाई विभिन्न नाटक र चलचित्रहरुमा पनि प्रस्तुत गरिएको छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text