हारुकी मुराकामी जापानी उपन्यासकारका साथै भाषा अनुवादक पनि हुन्। उनका कृतिहरु जापानमा मात्रै नभई संसारमै प्रख्यात छन्। द गार्जियनले हारुकी मुराकामीलाई संसारका जीवित उपन्यासकारहरु मध्ये महान उपन्यासकारको उपमा दिएको थियो। उनले लेखेका उपन्यासहरु पचास भन्दा बढी भाषामा अनुवादित छन्। उनको जन्म सन् १९४९ जनवरी १२ मा भएको हो।
हारुकी मुराकामीका प्रेरक भनाइहरु :
दु:ख अपरिहार्य हो । तर पीडित बनेर बस्नु विकल्प हो ।
म सपना देख्छु । मलाई लाग्छ, मैले गर्ने सबैभन्दा राम्रो काम भनेको त्यही हो ।
आफूलाई बिचरा ठानेर नबस । बेकम्माहरुले मात्र आफूलाई बिचरा ठानेर बस्छन् ।
पैसाले किन्न सकिने कुराहरुमा पैसा खर्च गर । पैसाले किन्न नसकिने कुराहरुमा समय खर्च गर ।
अरुले जुन पुस्तक पढ्छन् , त्यही पुस्तक मात्र पढ्यौ भने अरुले जे सोंच्छन्, त्यही मात्र सोंच्न सक्छौ ।
जीवन पानी जस्तो होइन । जीवनका परिस्थतिहरु एकै लयमा बग्दैनन् ।
तिमीले जे खोजिरहेका छौ, त्यो तिमीले चाहेकै रुपमा तिमी समक्ष आउंदैन ।
सबैभन्दा महत्वपूर्ण कुराहरु हामीले स्कुलमा सिक्दैनौं, जीवनका अनुभवहरुमा सिक्छौं ।
त्यस्तो कुनै युद्ध हुँदैन, जसले अरु सबै युद्धको अन्त्य गरोस् ।
मृत्यु जिन्दगीको विकल्प होइन, जिन्दगीको हिस्सा हो ।
हारुकी मुराकामीको प्रेरणादायी जीवनी पढ्नको लागि यहाँ क्लिक गर्नुहोस् ।