” मैले गर्न सक्दिन ” भन्ने मानसिकताले जित्यो भने मान्छे जीवनमा जहाँको त्यहीं रहन्छ।

‘मैले गर्न सक्दिन’ भन्ने मानसिकतालाई कसरी जित्ने ?

सबैभन्दा पहिले त आफ्नो लक्ष्य सम्झिनुहोस् । व्यक्ति अरुले दिएको प्रेरणाले होइन, आफूभित्रको उत्प्रेरणाले अगाडी बढ्छ । त्यसैले आफ्नो लक्ष्य र योजनालाई पल्टाएर हेर्नुहोस्।

आफ्ना क्षमता र कमजोरीहरु टिपोट गर्नुहोस् । ती क्षमतालाई तपाईंले कसरि प्रयोग गर्न सक्नुहुन्छ र आफ्ना कमजोरीलाई कसरि सुधार्न सकिन्छ, कसरि ती कमजोरीलाई आफ्नो क्षमताले जित्न सकिन्छ भन्ने बारेमा डायरीमा नै लेख्नुहोस् ।

आफूले अहिलेसम्म कुनकुन चुनौतीको सामना गरें, अप्ठ्यारा लागेका कुन कुन काम गर्न सफल भएँ भन्ने सम्झनुहोस् । ती चुनौतीको सामना गर्दा तपाईंले कुन तरिका अपनाउनुभएको थियो, तपाईंलाई कुन कुन कुराले सहयोग मिल्यो स्मरण गर्नुहोस् ।

आफूले गर्नुपर्ने काम या आएको चुनौतीलाई एकैपटक गर्ने नगर्नुहोस् । त्यसको लागि चाहिने आधार निर्माण गर्नतिर लाग्नुहोस् । पूर्वतयारी गर्नतिर लाग्नुहोस् । पूर्वतयारिले तपाईंले सम्भावना देख्न थाल्नुहुन्छ । पूर्वतयारीमा त्यो कामको बारेमा इन्टरनेट, पुस्तक या अन्य माध्यमबाट अध्ययन गर्नु, सम्बन्धित व्यक्तिहरुको सुझाव सल्लाह लिनु पनि पर्दछन् ।

जोकोही पनि कामलाई एकै पटक एउटा पहाडको रुपमा लिन थाल्यो भने पहिल्यै अत्तालिन्छ । त्यसैले गर्नुपर्ने कामलाई सानो-सानो भागमा बाँड्नुहोस् । ती काम एक पछि अर्को गर्दै गरेर अगाडी बढ्नुहोस् । सुरुको एउटा सानो काम बन्यो भने पनि तपाईंमा आत्मविश्वास र उत्साह बढ्छ ।

फर्केर हेर्नुहोस्, तपाईं कहाँ हुनुहुन्थ्यो र अहिले कहाँ हुनुहुन्छ ? यो यात्रा तपाईंले यत्तिकै पूरा गर्नुभएको होइन । तपाईंको निरन्तरता, गल्ती पछि सिकेको पाठ र अनुभवहरुले यहाँसम्म आइपुग्नुभएको हो । र, अबको यात्रा पनि त्यही अनुभवको आधारमा आत्मविश्वासका साथ तय गर्नुहोस् ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text