जीवनमा आउने अनेक घटनाहरुले गर्दा हामीले जीवनलाई परिस्थिति अनुरुप फरक फरक तरिकाले परिभाषित गर्छौं । त्यस्तै यहाँ जीवनसंग सम्बन्धित प्रसिद्ध केही भनाइहरु समावेश गरिएको छ :

आफ्ना आँखाहरुले ताराहरुलाई हेर र आफ्ना पैतालाले जमिनमा टेक ।
– थेओडोर रुजवेल्ट

तिमीले आफ्नो जीवनलाई अरुले व्याख्या गर्न नदेऊ, आफैले तिमीलाई परिभाषित गर ।
हार्वे फियरस्टेन

तिम्रो मन्जुरी बिना कसैले पनि तिमीलाई कम्जोर सावित गर्न सक्दैन । त्यसैले आत्मबल बढाउ ।
एलेनोर रुजवेल्ट

तिमीले कति प्रहार गर्न सक्छौ त्यो ठूलो कुरा होइन । तिमीले कति प्रहार खाएर पनि अगाडी बढ्न सक्छौ, त्यो ठूलो कुरा हो ।
रकी बाल्बोवा

विश्वास गर तिमी सक्छौ र तिम्रो गन्तव्यमा पुग्नको लागि, आधा बाटो तिमी हिंडिसकेको छौ ।
टि. रुजवेल्ट

जीवनमा कुनै पनि चिज डराउनको लागि होइन, बुझ्न र सिक्नको लागि हो ।
म्यारी क्युरी

तिम्रो मनले भनेको कुरा गर, आलोचनाबाट नडराउ ।
एलेनोर रुजवेल्ट

सबैलाई माया गर, केहीलाई विश्वास गर र कसैलाई नराम्रो नगर ।
विलियम शेक्सपियर

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text