खेती पाकिसकेको थियो । भित्र्याउने बेला भयो । तर त्यो खेतीको मालिक किसानलाई भने बाहिर जाने काम पर्यो । उसले संगै खेतमा गएका आफ्ना छोरा र छिमेकीलाई भन्यो, ” म केही दिन बाहिर जानुपर्ने भयो । यो खेती भित्र्याइदिनु । ” उनीहरुले ‘हुन्छ’ भन्ने जवाफ दिए ।

खेतको बाली माथि चराले गुँड बनाएर बसेको थियो । किसानको कुरा सुनेपछि आफ्नो गुँड भत्किने भयो भने डरले चराका बच्चाहरु डराउन थाले । तर आमा चराले भन्यो, ” नडराउ केही हुँदैन ” । साँच्चै नै, त्यो खेतको बाली भित्र्याउनको लागि बाली काट्न, स्याहार्न कोही पनि आएन ।

एक महिना पछि किसान आयो । त्यसपछि उसले खेतको बाली हेर्यो र छोरासंग भोली देखि खेती काट्ने, स्याहार्ने सल्लाह गर्दै त्यहाँबाट हिंड्यो । त्यसपछि आमा चराले गुँड सार्ने तयारि गर्न थाल्यो । किनकी, किसानले पहिले अरु कसैलाई अर्हाएर हिंडेको थियो र उसले अर्हाएका व्यक्तिहरु त्यस कामप्रति जिम्मेवार थिएनन् । त्यसैले चरा ढुक्क थियो कि, बाली काटिदैन ।

यो बेला भने किसान आफैले बाली स्याहार्ने निर्णय गरेको थियो । उसले आफैले लगाएको बाली हुनाले ऊ त्यो बाली प्रति जिम्मेवार थियो । त्यो बाली उसको सपना थियो । त्यसैले उसले त्यो बाली अब स्याहार्न तिर लाग्थ्यो । त्यसैले चराले गुँड सार्ने निर्णय गर्यो ।

तिम्रो सपनाको मूल्य अरुले भन्दा तिमी आफूले बुझ्छौ । तिम्रो मेहनत अरुको लागि प्यारो हुँदैन, तिम्रो लागि प्यारो हुन्छ । आफ्नो सपना स्याहार्नु छ, आफ्नो लक्ष्यलाई जीवनमा भित्र्याउनु छ भने अरुमाथि पूर्ण रुपमा भर नपर ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text