ह्यारी पोटर सिरिज अहिले विश्वमै लोकप्रिय सिरिज बनेको छ । यति सफल यो सिरिजकी लेखकको जीवनकथाले साँच्चै नै दु:ख पछि पनि जीवन छ भन्ने कुरालाई प्रतिबिम्बित गर्छ । ह्यारी पोटरको पहिलो अंक प्रकाशित हुने समयको उनको अवस्थाले नै हामी उनको संघर्षमय जीवनबारे प्रष्ट हुन सक्छौं ।
सन् १९९४ मा ह्यारी पोटर लेखक जे. के रोलिङ्गको श्रीमानसंग सम्बन्ध विच्छेद भैसकेको थियो भने उनको काखमा सानी छोरी थिईन्। रोलिङ्गको आर्थिक अवस्था यतिसम्म नाजुक भएको थियो की, छोरीलाई खुवाउनको लागि पनि उनलाई मुस्किल पर्थ्यो । उनले ह्यारी पोटर लेख्दा, उनिसंग कम्प्युटर किन्न सक्ने क्षमता थिएन।
९० हजार शब्दको ह्यारी पोटर प्रकाशन गरिदिन आग्रह गर्नको लागि प्रकाशककोमा पठाउँदा रोलिङ्गले प्रत्येक पटक आफैले किताब तयार गर्थिन् किनकी उनीसंग फोटोकपी गर्ने पैसा समेत थिएन । तर, कुनै प्राकशकले पनि किताब प्रकाशन गर्न मान्दैनथे । दर्जनौं पटक दर्जनौं प्रकाशकले उनको किताब प्रकाशन गर्न अस्विकार गरे ।
यस्तैमा बेलायतको सानो प्रकाशक ब्लुम्सबेरीले सन् १९९७ मा ह्यारी पोटर प्रकाशन गरिदिने भयो । उक्त प्रकाशकले पनि दोस्रो पटकमा मात्र प्रकाशन गर्न मानेको थियो । र, त्यो पनि जब प्रकाशकका प्रबन्ध निर्देशकको आठ वर्षीय छोरीले उक्त किताबप्रति माया देखाइन् । अहिले ह्यारी पोटर सिरिजको रुपमा आइरहेको छ र विश्वमै सर्वाधिक चर्चित र बढी बिक्रि हुने पुस्तक मध्येमा पर्छ ।