जिम्मी डिन प्रसिद्ध अमेरिकी अभिनेता, गायक, टेलिभिजन होस्ट र व्यवसायी हुन् । उनको जन्म सन् १९२८ अगस्ट १० मा भएको थियो भने २०१० जुन १३ मा उनको निधन भएको थियो ।

जिम्मी डिनका प्रेरक भनाइहरु :

आफू जस्तो छौ, त्यस्तै बन । तिमीलाई अहिले मन नपराउनेहरुले तिमी परिवर्तन भएपछि मन पराउँनेछन् भन्ने के ग्यारेन्टी ?

मैले भोगेको गरिबी नै मेरो लागि सबैभन्दा ठूलो प्रेरणा बन्यो ।

थाहै नपाइ तिम्रो भाग्य गुम्यो भने ? हरेक दिन कम्तिमा एक पटक आफ्नो भाग्यको परिक्षण गर ।

मैले हिजो त्यति पैसा कमाएँ, जुन मैले मेरो जिन्दगीभरमा पनि कमाउँछु जस्तो लाग्दैनथ्यो ।

जुन कामको योजना बारे बताउंदैछौ, त्यो काम पहिले नै गर । र, त्यो कामको योजना जति बताउँछौ त्यो भन्दा बढी काम गर ।

तिमीले जति अनुभव लिंदै जान्छौ, त्यति नै आफूलाई माया गर्न सिक्दै जान्छौ ।

भगवान तिमीले सोंचेभन्दा दयालु र ठूला छन्, पहिले काम गरेर हेर ।

आफूलाई नढाँट र काममा आफ्नो मन लगाऊ । यदि तिमीले त्यसो गर्न सकिरहेको छैनौ भने त्यो काम गर्न छोडीदेऊ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text