पैसा सबैथोक होइन । तर, आफ्नो दैनिक जीवन निर्वाह गर्न र आफ्ना सपनाहरुलाई आकार दिन पैसाको आवश्यकता पर्छ । आफूसंग भएको बेलामा खर्च गर्ने र समय आउँदा टर्छ भन्ने बानीले हामीलाई आवश्यक परेको बेलामा आर्थिक अभावमा डुब्छौं । त्यसैले यहाँ पैसा बचत गर्ने बानीको विकासको लागि केही सामान्य उपायहरु उल्लेख गरिएको छ :

– सामान किनमेल गर्न जानुअगाडी आफूलाई आवश्यक रहेका कुराहरुको लिस्ट बनाउनुहोस् ।

– बजारमा किनमेल गर्दा पहिला आफूलाई आवश्यक परेका कुराहरु मात्र खरिद गर्नुहोस् । पैसा बच्यो भने मात्र ती बाहेकका कुरा किन्नेबारे सोच्नुहोस् ।

– घरमा खुत्रुके राख्नुहोस् ।

– सामानको भाउ घटाएर किन्नुभो भने त्यो छुट पाएको पैसा खुत्रुकेमा राख्नुहोस् ।

– दक्षिणा आउने पैसा खुत्रुकेमा जम्मा गर्नुहोस् ।

– एक रुपैयाँको सिक्काको महत्व पनि धेरै हुन्छ । सिक्का पैसाहरु खुत्रुकेमा  राख्ने गर्नुहोस् ।

– कसैलाई उपहार दिंदा पुस्तक , कलम उपहार दिनुहोस् । यसले तपाईंको  पैसा पनि केही बच्छ भने पठन संस्कृतिको पनि विकास हुन्छ ।

– बजारको हल्लाको पछाडी हिड्नुभन्दा त्यो सामानबारे राम्ररि जानकारी  लिएर मात्र खरिद गर्नुहोस् ।

– ‘सेल’ मा राखेको सामान वा सस्तोमा सामान पाइयो भन्दैमा तत्काल  आवश्यक नै नभएको सामान खरिद नगर्नुहोस् ।

– आफ्नो आम्दानि र खर्चको लेखाजोखा गर्ने बानी बसाल्नुहोस् ।

– यदि तपाईं विद्यार्थी हुनुहुन्छ भने पनि आफ्नो घरको आम्दानिको स्रोत, खर्च,  आर्थिक व्यवस्थापन आदिको बारेमा जानकार रहनुहोस् ।

– धुम्रपान र मद्दपान गर्न छोड्नुहोस् ।

– बाहिरको खाना र जंक फुड छोडेर घरको खाना खाने गर्नुहोस् ।


लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text