प्रत्येक मानिसमा केही न केही क्षमता लुकेको हुन्छ । त्यो क्षमता बाहिर ल्याउन सकियो भने मात्र सम्बन्धित क्षेत्रमा अगाडी बढेर सफलता हासिल गर्न सकिन्छ । तर त्यो क्षमतालाई बाहिर ल्याउन डराउने, असफल भइने डर, आफूलाई अरुको सामु प्रस्तुत गर्न लाग्ने डर आदि डरले गर्दा कैयौं क्षमतावान मानिसहरु गुमनाम भैरहेका हुन्छन् ।
डरलाई कसरि कम गर्ने ?
- अपरिचित मानिसहरुसंग बोल्ने र परिचय गर्न अगाडी सर्ने बानीको विकास गर्नुहोस्।
- ऐना अगाडी उभिएर आफ्नो कुरा राख्ने अभ्यास गर्नुहोस्।
- काम सुरु गर्दा सुरुवातमा सबै सिकारु नै हुन्छन् भन्ने कुरा सम्झनुहोस्।
- आफ्ना दैनिक योजनाहरु बनाउने गर्नुहोस् र आफ्नो प्रगति विवरण बेला-बेलामा मूल्यांकन गर्नुहोस् । यो गर्नाले तपाईंलाई आफूले सुधार गर्नुपर्ने कुराको जानकारी हुन्छ।
- गल्तीबाट नडराउनुहोस् । सबै मानिसले कुनै न कुनै समय गल्ती गर्छन् । बरु गल्तीहरुबाट सिक्ने प्रयास गर्नुहोस्।
- समाचार र समाजमा घटेका घटनाबारे अपडेट भैराख्नुहोस्।
- नयाँ कुरा सिक्ने चाहना राख्नुहोस्। नयाँ कुरा संग अपडेट रहनु भयो भने तपाईंले आफूलाई अरुको अगाडी बलियो रुपमा प्रस्तुत गर्न सक्नुहुन्छ।
- आफूसंग भएको क्षमतासंग सम्बन्धित मानिसहरु र उनीहरुले गरेका कामबारे जानकारी लिईराख्नुहोस्।
- जतिसक्दो धेरै कार्यक्रमहरुमा सहभागी हुने प्रयास गर्नुहोस्।
- छलफल तथा अन्तरक्रियामा सक्रिय सहभागिता जनाउनुहोस्। यसले तपाईंमा बोल्ने बानीको विकास हुन्छ।
- किताबहरु पढ्ने बानीको विकास गर्नुहोस् । किताब पढ्ने बानीले तपाईंले विचार उत्पादन गर्न सिक्नुहुन्छ र तर्क राख्ने बानीको विकास हुन्छ साथै ज्ञानको दायर पनि बढ्ने हुँदा आत्मविश्वास बढ्छ।
- आफ्नो हरेक काम सकेसम्म आफै गर्ने प्रयास गर्नुहोस्। यसले गर्दा तपाईंमा आत्मविश्वास जाग्दै जान्छ। र, स्वत: डर पनि कम हुन्छ।
- सामाजिक संजाल पनि तपाईंको क्षमता प्रस्तुत गर्न सुरुवातको लागि राम्रो ठाउँ बन्न सक्छ । यसमा आफू प्रत्यक्ष रुपमा देखिनु पर्दैन, तपाईंले मानिसहरुको प्रतिक्रिया बुझ्न सक्नुहुन्छ र डर कम हुँदै जान्छ।
- आफ्नो प्रतिभालाई कसरि प्रस्तुत गर्ने भन्ने बारे युट्युबमा भिडियो हेरेर पनि सिक्न सक्नुहुन्छ।
लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :