• सुष्मा ढकाल

म अहिले मास्टर्स लेभलमा पढ्दैछु । म सफल स्टोरिजको नियमित पाठक हूँ ।

म पहिले प्रेम सम्बन्धमा थिएँ । दुई वर्ष अगाडी मेरो ब्रेकअप भयो । ऊसंग १२ कक्षामा पढ्दा भेट भएको थियो । त्यसपछि साथी हुँदै हामी प्रेमी -प्रेमीका बन्यौं । तर दुई वर्ष अगाडी अचानक उसले मलाई वास्ता नगरे जस्तो गर्न थाल्यो ।

म पागल जस्तै भएको थिएँ । उसलाई एकोहोरो म्यासेज गर्ने, फोन गर्ने गर्थें । उसले फोन नउठाए पनि म फोन उठ्छ कि भन्ने आशले दिन रात फोन लगाउँथे । साथीहरुलाई म डिप्रेसनमा जान्छु कि भन्ने डर लाग्न लागेको थियो । त्यही डरले मलाई उनीहरु एक्लो छोड्दैनथे । मेरो पढाइ पनि बिग्रिएको थियो ।

एकदिन सफल स्टोरिजमा एक जना पाठकले मेरो जस्तै समस्या लेखेर पठाएकी रहेछिन् । त्यसमा सफल स्टोरिजको टिमले दिनुभएको सुझाव पनि थियो । मेरी साथीले फेसबुकमा मलाई उक्त पोस्ट देखाईन् । त्यो सुझाव पढेपछि मैले सफल स्टोरिजमा प्रकाशित अरु सामाग्रीहरु पनि पढ्न थालें । सफल स्टोरिजमा प्रकाशित प्रेरक भनाइ, टिप्स, पाठकका कुरा, सफल व्यक्तित्वका जीवनी सबै कुराले बिस्तारै मभित्र सकारात्मक ऊर्जा आउन थाल्यो । मेरो ध्यान पढाइमा जान थाल्यो । म फेरी मुस्कुराउन थालें । मैले आफूलाई माया गर्न थालें । सफल स्टोरिज मेरो सबैभन्दा नजिकको साथी बन्यो ।

सफल स्टोरिजलाई धेरै धेरै धन्यवाद । तपाईंहरुको टिमले मजस्तै निराश भएका व्यक्तिहरुलाई निराशाबाट निस्कन, जीवनलाई सकारात्मक दृष्टिकोणले हेर्न सहयोग गरिरहनुभएको छ । म चाहन्छु, सफल स्टोरिज अझ धेरै मानिससम्म फैलीओस् । अझ धेरै कुराहरु पढ्ने र सिक्ने मौका पाईयोस् । हजुरहरुलाई शुभकामना !

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text