अपरिचित व्यक्तिहरुसंग हामी नजिक हुन खोज्दैनौं । गाडीमा यात्रा गर्दा होस्, बाटोमा या पार्कमा बसिरहेका मानिसहरुसंग हामी बोल्न हिचकिचाउछौं र एक्लै समय बिताइरहेका हुन्छौं । तर पछिल्लो एक अनुसन्धान अनुसार, अपरिचित व्यक्तिसंग बोल्नु अत्यन्तै फाइदाजनक हुन्छ ।

बिबिसीले आफ्नो एक अनुसान्धानमा उक्त कुरा पत्ता लागेको बताएको छ । बीबीसीमा उल्लेख भएअनुसार, अपरिचित व्यक्तिसंग बोल्दा तनाव हट्छ । यसको साथै हामीमा सकारात्मक ऊर्जा प्रवाह हुन थाल्छ र हाम्रो दिमाग ताजा , स्फूर्त हुन्छ । दिनभर कामले थाकेको व्यक्ति गाडीमा अपरिचित व्यक्तिसंग बोल्यो भने उसमा नयाँ ऊर्जा थपिन्छ । बाटोमा, पार्कमा बस्दा अपरिचित व्यक्तिसंग मुस्कुराउने, बोल्ने गर्दा चुरोट पिउने, सूर्ती खाने, कुनै नशा सेवन गर्ने बानी पनि कम हुने उल्लेख गरिएको छ ।

कतिपय अवस्थामा अपरिचित व्यक्तिसंग बोल्नु अप्ठ्यारो हुन्छ । यस्तो अवस्थामा उनलाई आवश्यक परेको सहयोग गरेर मुस्कुराउन या कुराकानी गर्न सकिन्छ । यसो गर्दा आत्मसन्तुष्टि मिल्छ र ती व्यक्तिको कृतज्ञताले आफूमा सकारात्मक शक्तिको संचार हुन्छ ।

यसको अर्थ यो होइन, हरेक व्यक्तिसंग बोल्दै हिंड्नुपर्छ । तर सम्भव भएसम्म, परिस्थिति अनुकुल भएसम्म बोल्नुपर्छ । त्यस्तै, मुस्कानले पनि सकारात्मक शक्तिको संचार हुन्छ । अपरिचित व्यक्तिसंग बोल्ने, मुस्कुराउने बानीले सामाजिक सद्भाव कायम रहनको लागि सहयोग समेत पुग्छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text