अमेरिकाका साउल इस्लर हाइ स्कुलको पढाइ सकेपछि बुवा जस्तै प्याटेन्ट सम्बन्धि मुद्दामा काम गर्ने वकिल बन्न चाहन्थे । तर हाइ स्कुलमा गणीत र विज्ञान विषयमा तीक्ष्ण नभएका कारण उनले त्यो विषय पढ्न पाएनन् ।

त्यसपछि उनी इञ्जिनियरिङ्ग पढ्नको लागि भर्ना भएका थिए । तर त्यहाँ पनि उनले आफ्नो पढाइलाई निरन्तरता दिन सकेनन् । निराश भएर उनले आत्महत्याको प्रयास समेत गरे ।

साउलले आफूलाई बिस्तारै सम्हाल्न थाले । घरमा पत्रिका पढीरहने, किताब पढीरहने, शब्दहरु केलाउने, शब्दहरुको अर्थ खोज्ने, नयाँ शब्दहरु खोज्ने गर्दा गर्दै उनी निराशाबाट निस्किए । त्यसपछि उनी कानुनमा अन्डर ग्राजुएसन कोर्स पढ्न थाले । त्यसै समयमा भेट भएकी युवतीसंग प्रेम विवाह गरे । यसक्रममा पारिवारिक जिम्मेवारी निभाउन तिर लागे र जागिर सुरु गरे । यस बीचमा उनले पत्रिकाहरुमा खाना सम्बन्धि लेखहरु समेत लेख्न थालेका थिए ।

साउलले विज्ञापन एजेन्सीमा जागिर सुरु गरेका थिए । पछि उनले आफ्नै विज्ञापन एजेन्सी खोले । उनको बिजनेस राम्रो हुँदै गयो । स्थापित व्यवसायी नै बने । तर वैवाहिक जीवनमा आएको उतारचढावले उनको व्यवसाय ओरालो लाग्यो । कुनै समय करोडौं आम्दानी गरेका र आफ्नै सुविधासम्पन्न बंगलामा बस्ने साउल अहिले भाडाको घरमा बस्छन् । तर उनी खुशी छन् । उनले आफ्ना तीन वटा कथा संग्रह र तीन वटा उपन्यास प्रकाशन गरिसकेका छन् ।

साउललाई सिक्ने भोक सधै थियो । उनी कलेजको ग्राजुएसन लिएको सपना देख्थे । त्यसैले ८४ वर्षको उमेरमा उनी सान्टा मोनिका कलेजमा भर्ना भए । कलेजको पहिलो दिन कक्षामा जाँदा सबै विद्यार्थीहरु मोबाइलमा व्यस्त थिए, त्यसपछि उनले सबैलाई बोलाउंदै परिचय गर्न थाले ।

अहिले सबैजना उनका साथी भएका छन् । यसको साथै आफैले रोजेको, आफ्नो रुची अनुसारको लेखन, भाषा जस्ता विषय पढ्ने भएकोले उनलाई पढाइमा आकर्षण बढ्यो ।

अहिले ८५ वर्षको उमेरमा उनले ग्राजुएसन पास गरेका छन् । उनका चार छोराछोरी र नातिनातिना उनको यो सफलतामा रमाएका छन् ।

Source : Los Angeles Times

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text