सन् १५६४ अप्रिल २३ मा बेलायतमा जन्मिएका विलियम शेक्सपियर विश्वप्रसिद्ध कवि तथा नाटककार हुन् । शेक्सपियरको नाम बिना विश्व साहित्य अपूरो मानिन्छ । लेखेर जीवन यापन गर्न नसकिने उक्त समयमा पनि शेक्सपियरको लागि लेखन व्यवसाय जस्तै बनेको थियो । शेक्सपियर नाटकमा एउटा ब्राण्ड नै बनेका थिए । शेक्सपियरले नाटक पछि कविताहरु कोर्न थाले । नका कविताहरु अहिलेको शताब्दीमा समेत स्कुल तथा विश्वविद्यालयका पाठ्यक्रममा पढिन्छन् ।
विलियम शेक्सपियरका जीवनोपयोगी भनाइहरु :
कुनै पनि चिज खराब वा राम्रो भन्ने हुँदैन । त्यो केवल हाम्रो मानसिकताले बनाउने हो ।
मूर्खले आफूलाई बुद्धिमान ठान्छ । बुद्धिमानले आफ्नो मूर्खतालाई बुझेको हुन्छ।
हाम्रो लक्ष्य नक्षत्र या हातका रेखामा निर्भर हुँदैन, हामी आफूमा नै निर्भर हुन्छ ।
हामीलाई हामी को हौँ, थाहा छ। तर, हामी के हुन सक्छौं भन्ने थाहा हुँदैन ।
जब बुवाले छोरालाई केही दिन्छन् , तब दुवै जना हाँस्छन् । तर, जब छोराले बुवालाई केही दिन्छ, दुवै जना रुन्छन् ।
सबैलाई माया गर, केहीलाई विश्वास गर र कसैलाई पनि नराम्रो नगर ।
भगवानले तिमीलाई एउटा अनुहार दिएर पठाउँछन् । तिमी आफ्नो अर्को अनुहार बनाउँछौ । त्यो अनुहार तिम्रो सोंच र कर्ममा भर पर्छ ।
अहिले तिमीले समयको बेवास्ता गर्यौ भने पछि समयले तिम्रो बेवास्ता गर्नेछ ।
केही जन्मिंदै महान कहलिन्छन्, केहीले पछि आफ्नो कर्मले महानता प्राप्त गर्छन् र केही महान बन्नको लागि जोड लगाइरहेका हुन्छन् ।
पहेंलो टल्किने जति सबै सुन होइन ।
धेरैलाई सुन । तर, केहीसंग मात्र बोल ।
इमान्दारिता भन्दा ठूलो पहिचान अरु केही पनि हुँदैन ।
रित्तो गमलाले ठूलो आवाज निकाल्छ ।
यहाँ केही पनि अँध्यारो छैन । यहाँ केवल अस्वीकृति र बेवास्ता छ ।
धेरै राम्रो गर्नको लागि केही गल्ती गरेको अनुभवको आवश्यकता हुन्छ ।
आफूलाई माया नगर्नु पाप होइन, आफ्ना चाहनाको, आफ्नो मनको आवाजको बेवास्ता गर्नु पाप हो ।
केही गर्दैनौ भने केही आउंदैन ।