स्वामी विवेकानन्द गाउँको यात्रामा हिंडेका थिए । यात्रा गर्दै गर्दा ठूलो नदी आयो । नदी ठूलो भएका कारण मानिसहरुले तर्न सक्दैनथे । त्यसैले त्यहाँ ओहोर दोहोरको लागि तीन वटा डुङ्गाको व्यवस्था थियो ।

डुङ्गा यात्रुलाई पारी पुर्याउन गएका थिए । किनारमा कुनै पनि डुङ्गा नभएका कारण विवेकानन्द डुङ्गा कुरेर बसे । यत्तिकैमा एकजना साधु आइपुगे । डुङ्गा कुरिरहेका विवेकानन्दलाई देखेर साधुले सोध्ने, ” किन यहाँ बसिरहनुभएको ?” । त्यसपछि विवेकानन्दले आफूले डुङ्गा कुरिरहेको बताए ।

साधुले हाँस्दै भने, ” किन डुङ्गा पर्खिने तपाईं जस्तो विद्वान मान्छेले ? आफै पो तर्नुपर्छ । म त आफै तर्छु “। विवेकानन्दले सोधे, ” कसरि तर्नुहुन्छ ?” । साधुले गर्वका साथ सुनाए, ” मैले पाँच वर्षसम्म यही नदी किनारमा तपस्या गरें । जसले गर्दा ममा ठूलो नदी पनि तर्न सक्ने शक्ति आयो ” ।

शान्त भएर बसेका विवेकानन्दले जवाफ दिए, ” जुन काम महिले डुङ्गाबाट पाँच मिनेटमा गर्न सक्छु, त्यो कामको लागि तपाईंले पाँच वर्ष खेर फाल्नुभयो । त्यसलाई तपाईंको बुद्धि या महानता कसरि भन्नु ? यदि त्यो पाँच वर्ष तपाईंले समाजको भलाइको लागि खर्चनुभएको भए तपाईंको जीवनले सार्थकता पाउँथ्यो ” ।

भर्याङ्ग हुँदा हुँदै यत्तिकै खुट्टाले पर्खाल चढ्नु खोज्नु भनेको बुद्धिवान हुनु होइन । त्यो प्रभावकारी पनि हुँदैन भने अर्को तर्फ आफ्नो समय र शक्ति पनि खेर जान्छ । मेहनत गर, तर स्मार्ट बन ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text