संगीत सबैको लागि प्रिय हुन्छ । शिशुले समेत संगीतलाई महसुस गर्न सक्ने हालैको एक अनुसन्धानले बताएको छ । उक्त अनुसन्धान स्विजरल्याण्डमा गरिएको हो ।
स्विजरल्याण्डमा महिना पुग्नु अगावै नै जन्मिने शिशुहरुको संख्या बढिरहेको छ । नयाँ अनुसन्धानले त्यस्ता शिशुहरुको दिमागी विकासमा संगीतले सहयोग पुग्ने कुरा बताएको छ । University of Geneva (UNIGE) र University Hospitals of Geneva (HUG) का अनुसन्धानकर्ताहरुले उक्त अनुसन्धान गरेका हुन् ।
शिशुहरुको मानसिक तथा शारीरिक विकासको लागि विभिन्न उपाय अपनाउँदा अभिभावक साथै शिशुलाई पनि तनावयुक्त वातावरण सिर्जना हुन्छ । संगीतले अभिभावकको तनावलाई कम गरिदिन्छ भने अर्कोतिर शिशुको मानसिक विकासमा सहयोग पुग्छ ।
अनुसन्धानको नतीजामा संगीतको लागि गीत सहितको बाजा नभएर बाजाको मात्र संगीत प्रभावकारी देखिएको छ । बाजा मध्ये पनि बाँसुरी सबैभन्दा प्रभावकारी देखिएको छ ।
उक्त अनुसन्धान बारे थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् >> www.unige.ch