अमेरिकामा गिलास आधा भरिएको र आधा खाली देख्ने विषयमा अनुसन्धान भएको छ । दुई हजार मानिसहरुलाई सहभागी गरेरा उक्त अनुसन्धान गरिएको बताइएको छ ।

उक्त अनुसन्धानको नतिजामा आधा भरिएको र आधा खाली देख्ने मानिसहरु बीचमा अन्य फरकपन पनि पाइएको छ ।

गिलास आधा भरिएको देख्नेहरु आफ्ना विचार बाहिर प्रकट गर्न मन पराउँछन् । कुनै पनि निर्णय गर्दा दिमागले भनेका कुराहरुलाई बढी प्राथमिकता दिन्छन् । उनीहरु सामाजिक संजालमा पनि विचारहरु आदान प्रदान गर्न मन पराउँछन् । उनीहरु हप्ताको कम्तिमा २१ घण्टा आफ्नो रुचीको काम गर्नमा बिताउँछन् । त्यस्तै महिनाको ११ दिन उनीहरुको सामान्य दिनभन्दा विशेष तरिकाले बित्छ ।

गिलास आधा खाली देख्नेहरु आफ्ना विचार खुलेर राख्दैनन् । उनीहरु बढी भावुक हुन्छन् । कुनै पनि निर्णय लिंदा उनीहरुको भावनाले भूमिका खेलेको हुन्छ । सामाजिक संजालमा उनीहरु आफ्ना विचार भन्दा बढी तस्बिरहरु राख्न मन पराउँछन् । उनीहरु हप्ताको १४ घण्टा आफ्नो रुचीको काममा बिताउँछन् । त्यस्तै, महिनाको ९ दिन उनीहरुको सामान्य दिनभन्दा विशेष तरिकाले बित्छ ।

Source : New York Post

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text