करियरलाई हाम्रो समाजमा फेशनको रुपमा लिने चलन छ। तर करियर भनेको फेशन, सामाजिक दबाब या साथीको लहैलहैमा लागेर छनोट गर्ने विषय होइन। प्रत्येक व्यक्तिको छुट्टाछुट्टै क्षमता र विशेषता फरक हुने हुनाले तपाईंको साथीको लागि उपयुक्त करियर, तपाईंको लागि उपयुक्त नहुन सक्छ। करियरले तपाईंको भविष्य बोकेको हुन्छ, त्यसैले करियर छनोट गर्दा सोंचविचारका साथ गर्नुपर्छ।

सबैभन्दा पहिले त आफूलाई चिन्नुहोस्। तपाईंमा के कुरामा रुची छ ? के काम गर्दा तपाईंलाई भित्र देखि खुशी लाग्छ? स्कुलमा तपाईंलाई कुन विषय पढ्दा सबैभन्दा रमाइलो लाग्छ र कुन विषयमा तपाईंले राम्रो गर्नुभएको छ ? तपाईं खाली बसिरहेको समयमा कस्ता कुराहरु दिमागमा खेलाउनुहुन्छ ? यी सबै प्रश्नको उत्तर खोज्नुहोस्।

जब तपाईंले ती उत्तरहरु भेट्नुहुन्छ, ती उत्तरहरु विभिन्न पेशा वा क्षेत्रसंग सम्बन्धित हुन सक्छन्। ती पेशा वा क्षेत्र के-के हुन् र कस्ता-कस्ता काम हुन्छन्, त्यो खोज्नुहोस्।

शिक्षक, आफ्ना अभिभावक, आफू भन्दा माथिल्लो शैक्षिक तहका व्यक्तिहरुलाई आफ्ना रुचि बारे बताउनुहोस् , उनीहरुबाट विभिन्न पेशाको बारेमा बुझ्नुहोस् र आफ्नो लागि उनीहरुबाट सुझाव लिनुहोस्।

अब आफूबाट निस्केका ती पहिलेका उत्तरहरु, ती पेशा तथा क्षेत्रको बारेमा मिलेका जानकारीहरु र अरुले दिएका सल्लाह बिच मूल्यांकन गरेर हेर्नुहोस् र तपाईंलाई कुन कुन क्षेत्र मन पर्यो ? कुन कुन काम तपाईंको रुचि अनुसार परे, ती काम वा क्षेत्रको छोटो सूची बनाउनुहोस्।

त्यसपछि ती सूचीमा आएका क्षेत्र वा पेशाको बारेमा विस्तृत बुझ्नुहोस्। ती क्षेत्रमा सफलता हासिल गर्नको लागि आवश्यक योग्यता, क्षमता बुझ्नुहोस्। उक्त क्षेत्रको करियरको लागि आधारभूत कुराहरु केके हुन्, छुट्टाउनुहोस्। त्यसबाट कसरि अगाडी बढ्न सकिन्छ, त्यसमा लाग्ने समयावधि, मेहनत के-कति हो, त्यसबाट तपाईंले भविष्यमा आफूलाई कुन पदमा देख्न सक्नुहुन्छ, तपाईंको जीवनको लक्ष्य, त्यो करियरले पूरा गर्न सक्छ कि सक्दैन आदि सबै जानकारीहरु लिनुहोस्।

यसरि ती सबै क्षेत्रको जानकारी लिएपछि, आफ्नो लागि उपयुक्त हुने करियर छनोट गर्नुहोस्। अब त्यो करियरमा सफलता हासिल गर्नको लागि करियरको एउटा लक्ष्य निर्धारण गर्नुहोस्।

करियरको लक्ष्य निर्धारण गरिसकेपछि, अगाडी बढ्नको लागि के-के गर्नुपर्छ, त्यही आधारमा आफ्ना योजनाहरु बनाउनुहोस्।

यो पनि पढ्नुहोस् :

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text