आधुनिक जीवनशैली अति नै व्यस्त बन्दै गइरहेको छ । यस्तो अवस्थामा छोराछोरीहरु पढाइ, करियर, काम आदिलाई लिएर तनावमा आइरहेका हुन्छन् , उनीहरु बेफुर्सदिला बनिरहेका हुन्छन् । अर्को तिर आमाबुवाहरु एक्लो बनिरहेका हुन्छन्।

अमेरिकाको युनिभर्सिटी अफ क्यालिफर्नियाले ६ वर्ष लगाएर एउटा अनुसन्धान गरेको छ । उक्त अनुसन्धानमा १६ सय आमाबुवालाई सहभागी गराइएको थियो र उनीहरुको उमेर औसतमा ७१ वर्ष रहेको थियो ।

उक्त अनुसन्धानको नतिजा अनुसार, छोराछोरीले बोलाउने, छोटो समय भएपनि कुराकानी गर्ने आमाबुवा केही वर्ष बढी बाँच्छन् ।

अनुसन्धानमा सहभागी मध्ये २३ प्रतिशत आमाबुवाहरुको ६ वर्षभित्र नै निधन भयो । उनीहरु एक्लै बस्ने गर्थे । त्यस्तै, ४३ प्रतिशत आमाबुवाहरु एक्लोपनाका कारण निराशामा धकेलिएका थिए । र, त्यो अवधि भित्रमा १४ प्रतिशत मात्र अभिभावकको निधन भयो, जोसंग छोराछोरीले समय बिताइरहेका थिए ।

अनुसन्धानकर्ताहरुका अनुसार, ती आमाबुवा जोसंग छोराछोरीले केही समय बिताउँछन्, उनीहरु शारीरिक रुपमा र मानसिक रुपमा समेत स्वस्थ रहन सक्छन् । उनीहरु खुशी रहन्छन् ।

एक्लो महसुस गर्ने आमाबुवाहरु निराशामा जाने, शारीरिक तथा मानसिक रोगी बन्ने सम्भावना हुन्छ, जसले गर्दा उनीहरु छोटो समय बाँच्छन् ।

Source : jamanetwork.com

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text