प्लेटो विश्वप्रसिद्ध दार्शनिक हुन् । ४२८ बिसी मा एथेन्समा जन्मिएका प्लेटोले एथेन्समा स्थापना गरेको स्कुललाई पश्चिमा संस्कृतिमा विकासको खम्बा र प्लेटोकोको दार्शनिक स्थानको पहिलो र विशेष खुड्किलोको रुपमा लिईन्छ । यसबाट नै शैक्षिक संस्थालाई “एकेडेमी” शब्द दिन थालिएको मान्यता छ ।

प्लेटोका जीवनोपयोगी भनाइहरु :

अरुसंग राम्रो व्यवहार गर । सबैजना आफ्नो जीवनको कठीन युद्ध लडिरहेका छन् ।

राम्रो कामले व्यक्ति स्वयम्लाई बलियो बनाउँछ र अरु व्यक्तिलाई प्रेरित बनाउँछ ।

आफूलाई आफैले जित्नु नै पहिलो र सबैभन्दा ठूलो विजय हो ।

बालबालिकालाई असल कुराको चाहना राख्न सिकाउनु नै शिक्षा हो ।

हिडिरहेको व्यक्तिलाई कहिल्यै पनि हतोत्साहित नगर, चाहे त्यो जति नै ढिलो हिडोस् ।

असल मानिसले कानुन नै नभएपनि नैतिक र जिम्मेवारीपूर्ण तरिकाले काम गर्छ भने खराब मानिसले जति कडा कानुन भएपनि त्यो कानुन मिच्ने बाटो भेट्छ ।

के कुरामा नडराउने भन्ने थाहा पाउनु नै हौसला हो ।

जो व्यक्तिले छायाँ पछाडीको वस्तु र आफ्नो संस्कृतिका नराम्रा पक्षलाई देख्न सक्छ, त्यो व्यक्तिलाई अरुले बुझ्न सक्दैनन् ।

अरु मान्छे भनेका माटो जस्तै हुन् । माटो मलिलो रहेछ भने तिमीलाई हुर्काउँछ, माटो रुखो रहेछ भने तिमीलाई मार्छ ।

मानिसको स्वभाव तीन कुराबाट आउने गर्छ : चाहना, भावना र ज्ञान ।

सुन्दरता भनेको हेर्ने मान्छेको आँखामा भर पर्छ ।

मानिस अँध्यारोसंग डराउनु नै सबैभन्दा ठूलो दु:खद वियोगान्त हो ।

यदि मानिसले शिक्षालाई बेवास्ता गर्छ भने उसको बाँकी जीवन नै अपूरो रहन्छ।

किताबले संसारलाई आत्मा दिन्छ, दिमागलाई पंखेटा दिन्छ कल्पनाशक्तिको उडान भरिदिन्छ र सबैकुरामा जीवन भरिदिन्छ ।

मानिसले आफूले पाएको शक्तिको कसरि प्रयोग गर्छ, त्यहि आधारमा उसको मूल्यांकन गर्न सकिन्छ ।

सत्य बोल्ने मानिसलाई नै धेरैले घृणा गर्छन्।

कुनै पनि आविष्कारलाई जन्माउने आमा भनेकै ‘ आवश्यकता ‘ हो ।

यदि लक्ष्य नैतिक र उच्च हुँदैन भने, ज्ञान नै राक्षस बन्न पनि सक्छ ।

पृथ्वीका सबै मानिसहरु एकै हुन् र यी सबैलाई एकै शृष्टिकर्ताले बनाएका हुन् ।

मानिसले लिने सही निर्णय उसको ज्ञानको दायराले तय गर्छ ।

लेखन भनेको मानिसको आत्माको ज्यामिती हो ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text