एउटा घरमा सुन्दर बगैंचा थियो । बगैंचामा सधै एउटा मयुर नाचिरहन्थ्यो । बगैंचा नजिकैको एउटा रुखमा काग बस्थ्यो । मयुरको सुन्दरता, ऊ सुन्दर बगैंचामा डुलिरहेको, मानिसहरुले माया गरेको देखेर उसलाई आफ्नो रुप प्रति रिस उठ्थ्यो ।

एकदिन मयुर बगैंचामा डुलिरहेको मौका पारेर काग बगैंचाको पर्खालमा गएर बस्यो । कागलाई देखेपछि मयुर कागनिर गयो । नजिकबाट मयुरको सुन्दरतालाई देखेको कागले मोहित हुँदै भन्यो, ” तिमी कति सुन्दर छौ ! तिम्रो सुन्दरतामा सधै मोहित हुन्छन् । मानिसहरुले माया गरेर यसरि घरमा राख्छन् । म तिम्रो अगाडी कति कुरुप छु “।

मयुर कागको अझ नजिक पुग्यो । कागको भनाइले उत्साहित नदेखिएको ऊ केही बेर चुप रह्यो । र, भन्यो, ” तिमी रुपले गर्दा तिमीभन्दा मलाई भाग्यमानी सोंच्छौ । तर हेर त त्यही रुपका कारण म एउटा सिमामा बाँधिएको छु । तिमी स्वतन्त्र रुपमा बाँचिरहेका छौ । खुल्ला आकाशमा उडिरहेको छौ ” ।

हामीले अरुको जीवन सहज मान्छौं । अरुसंग ती कुरा देख्छौं, जुन हामीसंग हुँदैनन् । तर, हामीले हामीसंग भएका स्रोत, हामीसंग भएका अवसरहरुलाई हेरेका हुँदैनौं । जसले गर्दा हामी खुशी, अवसर र सुखको खोजीमा भौतारिन्छौँ । कतिपय अवस्थामा हामीले आफ्नै अवमूल्यन गरिरहेका हुन्छौं ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text