हत्केला नभएकी बालिकाले राष्ट्रिय हस्तलेखन प्रतियोगिता जितेकी छन् । अमेरिका बसोवास गर्दै आएकी चिनियाँ मूलकी बालिकाले प्रतियोगिता जितेकी हुन् ।

सारा हिनेस्ले अहिले १० वर्ष भएकी भइन् । उनका हातका दुवै हत्केला छैनन् । जन्मेर छ वर्षको उमेरमा अमेरिकी दम्पतीले उनलाई धर्मपुत्रीको रूपमा अपनाएका थिए।

साराले नक्कली हत्केला लगाउँदिनन् । उनले हत्केला नभएको हातले नै लेख्ने गर्छिन् ।

आफ्नो चाहना भयो भने कोही पनि व्यक्ति कुनै पनि काम गर्न रोकिनु पर्दैन भन्ने उनी चेस खेल्न, साइकल चलाउन, पौडी खेल्न र मूर्ति बनाउन शौखिन छिन्। स्रोत : बिबिसी

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text