खुशी खोज्दा खोज्दै हामी दु:खी भइरहेका हुन्छौं । तर, वास्तवमा खुशी त आफूभित्र हुन्छ, वास्तविकतालाई स्वीकारेर अगाडी बढ्नुमा हुन्छ। यहाँ, खुशी संग सम्बन्धित यस्तै भनाइहरु समावेश गरिएको छ :
तिमीले जे सोंच्छौ, जे बोल्छौ र जे गर्छौ, त्यो सबै एउटा लयमा मिल्नुले खुशी मिल्छ ।
- महात्मा गान्धी
दु:खी भएको अनुभव बिना तिमी खुशी हुन सिक्दैनौ ।
- लरेन ओलिभर
जब तिमीले आफूसंग भएका कुराहरुलाई महत्व दिन्छौ, तब तिमीले हरेक दिन खुशी हुने कुनै बाहना भेट्छौ ।
- ओप्रा विन्फ्रे
कसैलाई नराम्रो लाग्छ कि भन्ने सोंचले आफ्नो खुशीको बलि नदेऊ ।
- मेलिसा
तिमीले कस्तो सोंच राख्छौ ? तिम्रो खुशी तिम्रो त्यही सोंचमा निर्भर रहन्छ ।
- मार्कस
सबैभन्दा साधारण कुराहरुले नै अथाह खुशी ल्याइदिन सक्छन् ।
- ल्ज़बेल्ला स्कर्पको
प्रत्येक दिन नयाँ हो । र, तिमीले यो कुरालाई बुझेर अगाडी नबढुन्जेल खुशी प्राप्त गर्न सक्दैनौ ।
- क्यारी अन्डरवुड
खुशी भनेको तिमीले भविष्यको लागि साँच्ने वा योजना बनाउने चिज होइन । यो त वर्तमानमा सिर्जना गर्ने चिज हो ।
- जिम रोन
खुशी भनेको ‘रेडिमेड’ कुरा होइन । खुशी तिमीले गर्ने काम र व्यवहारले मिल्छ ।
- दलाइ लामा
स्वस्थ रुपमा बाँच्नको लागि खुशी सबैभन्दा राम्रो औषधि हो ।
- गाब्रेल गार्सिया
यही क्षणमा खुशी बन। किनकी यो क्षण तिम्रो जीवन हो ।
- ओमर ख्यायम
उत्सुकताले खुशी ल्याइदिञ्छ ।
- ब्र्यान्ट एच म्यक्गिल
खुशी बाहिर खोजिरहने चिज होइन । त्यो त तिमी आफूभित्र नै रहेको हुन्छ ।
- अरस्तु
हामीले खुशी बन्नको लागि जति दिमागलाई तयार गर्छौं, त्यति नै खुशी बन्छौं ।
- विलियम आडम्स
तिमीसंग जे छ, त्यसको लागि खुशी होऊ र तिमीले जे चाहन्छौ, त्यसको लागि उत्साहित बनिराख।
- एलान कोहेन
खुशी कहाँ छ भनेर खोज्न थाल्यौ भने तिमी कहिल्यै खुशी रहन सक्दैनौ । जिन्दगी भनेको के हो भनेर खोज्न थाल्यौ भने बाँच्न जान्दैनौ ।
- अल्बर्ट क्यामु