प्रेमले मानिसलाई नयाँ जीवन दिन्छ, जिउने उत्साह दिन्छ । एक सय वर्ष उमेर पुगेका एक दम्पति एक वर्ष अगाडी प्रेममा परे । अहिले उनीहरुले विवाह गरेका छन् ।

नयाँ सुरुवात गर्नको लागि, आफ्नो खुशीको बारेमा सोंच्नको लागि उमेरले छेक्दैन भन्ने मान्यता राख्ने जोन १०० वर्ष पुगे भने फिलिज अगस्ट महिनामा १०३ वर्ष पुग्दैछिन् । उनीहरु दुवै जनाले यो भन्दा अगाडी दुई विवाह गरेका थिए । तर दुवैजनाका दुवै श्रीमान / श्रीमतीको निधन भएपछि उनीहरु एक्लै रहँदै आएका थिए ।

एक वर्ष अगाडी जोन र फिलिजको भेट भएपछि उनीहरु एक अर्काको प्रेममा परेको महसुस गरे । एक वर्ष एक अर्कालाई राम्ररि बुझेर, उनीहरुले अहिले विवाह गरेका छन् । उनीहरु बाँकी जिन्दगी एकअर्कासंग रहेर खुशीका साथ जिउन चाहन्छन् ।

Source : edition.cnn.com

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text