तपाईंको आज एउटा नयाँ सुरुवात हो। न त यो हिजो थियो, न त भोलि नै हुनेछ। प्रत्येक आज एउटा नयाँ अवसर हो , यसरि सोंचेर हेर्नुहोस् :
हिजोका तिता अनुभवहरुलाई भुलाउनको लागि हिजो रात परेको हो र ती अनुभवलाई शिक्षाको रुपमा रुपान्तरण गर्नको लागि आज सूर्य उदाएको हो। त्यसैले हिजोले आजलाई बिग्रन नदिनुहोस्।
हिजो असफल भएको कामले गर्दा निराश नबन्नुहोस् । तपाईंको लक्ष्य पूरा गर्नको निम्ती नयाँ तरिकाले सोंच्न आजको दिनले सुन्दर अवसर दिएको छ।

हिजोको कथा नै पढेर र अरुलाई सुनाएर आजको दिन नबिताउनुहोस् । आज तपाईंको जीवनको नयाँ कथा रच्नको लागि खाली कागजको रुपमा पूरा दिन तपाईंको अगाडी छ।
जन्मिएर ताते-ताते गर्न सम्म नसक्ने तपाईं आजको दिनसम्म आइपुग्नुभएको छ । आजको दिनसम्म तपाईंको परिवारले तपाईं माथि गरेको माया, पालनपोषण, विश्वास र तपाईंको प्रयास आज तपाईं निराश बनेर जीवनबाट हरेश खानको लागि होइन।

आज अप्ठ्यारो परिरहेको छ ? आज पनि फेरी सूर्य अस्ताउनेछ र भोली बिहान फेरी उदाउनेछ, आशा राख्न सिक्नुहोस्।