ओलिभर नेपोलियन हिल प्रसिद्ध अमेरिकी लेखक हुन्। उनीद्वारा लिंकित थिङ्क एण्ड ग्रों रिच पुस्तक सधै बिक्रि हुने सबैभन्दा उत्कृष्ट दश पुस्तकहरु मधे पर्छ। नेपोलियनका पुस्तकहरुमा प्रेरणा र सफलताका लागि आवश्यक सिंढीहरु भेट्न सकिन्छ। उनको जन्म अक्टोबर २६, १८८३ मा भएको थियो।
नेपोलियन हिलका प्रसिद्ध भनाइहरु :
तिमी अहिले जहाँ छौ, त्यही नै तिम्रो लागि ठूलो अवसर हो।
पैसा हुनु तर दिमाग नहुनु भनेको सधै खतरनाक स्थिति हो।
सफलताको सुरुवात बिन्दु भनेको सपना देख्नु हो।
काम गर्नको लागि अनुकुल समय पर्खेर नबस । समय कहिल्यै पनि अनुकुल हुँदैन ।
खुशी आफ्नो कर्ममा भेटिन्छ।
असफलता भनेको तिमीलाई अझ बढी जिम्मेवारीको लागि तयार बनाउने एउटा प्राकृतिक नियम हो।
ठूलो सफलता भनेको ठूलो त्यागको परिणाम हो। स्वार्थीपनले कहिल्यै ठूलो सफलता मिल्दैन।
लक्ष्य भनेको मिती सहितको सपना हो ।
सफलताको भर्याङ्गको टुप्पोमा कहिल्यै पनि भींड हुँदैन।
डर भनेको दिमागको एउटा स्थिति बाहेक केही पनि होइन।
संघर्ष, प्रयास र सोंचले शिक्षा जन्माउँछ।
यदि तिमीले ठूलो काम गर्न सक्दैनौ भने, सानो काम अदभुत तरिकाले गर।
जसले संघर्षसंग जुध्न रोकिनको लागि अस्विकार गर्छ, उसले नै विजय हासिल गर्छ।
काम गराई नै व्यक्तिको बुद्धि र ज्ञानको मापक हो।
सिमितता यसकारण हुन्छ कि, हामीले सिमितता छ भन्ने दिमागमा राखेका हुन्छौं ।
तिम्रो जिन्दगीको ‘मास्टर’ तिमी आफू हौ । तिम्रो जिन्दगी त्यतै हिंड्छ, जता तिमीले लैजान चाहन्छौ ।
हरेक अप्ठ्यारो परिस्थिति, हरेक असफलता र हरेक चोटले तिमीलाई त्यति नै मात्रामा तिम्रो लागि नयाँ अवसर र फाइदाहरु लिएर आएका हुन्छन् ।