धेरै छोटो जीवन अवधि लिएर आएतापनि धेरै प्रभाव छोडेर जाने व्यक्ति मध्येका एक हुन्, ब्रुस ली । प्रसिद्ध कलाकार ब्रुस लीको जन्म सन् १९४०, नोभेम्बर २७ मा सन् फ्रान्सिस्कोमा भएको थियो । ब्रुस लीले थुप्रै टेलिफिल्म र फिल्महरु खेलेका थिए जसमा उनको मार्सल आर्ट कलालाई विशेष मानिन्छ । उनको “इन्टर द ड्रागन” चलचित्रले विश्वभरबाट २० करोड डलर कमाएको थियो । बीसौं शताब्दीका प्रभावशाली व्यक्ति मध्येमा ब्रुस ली पनि गनिन्छन् ।

ब्रुस लीका ६ सुझाव :

  • तिमीले के कुराको लागि काम गर्न चाहन्छौ र भविष्यमा आफू कस्तो मान्छे बन्न चाहन्छौ, त्यसबारेमा स्पष्ट बन।
  • तिमीलाई जुन काम गर्दा खुशी मिल्छ, त्यही काममा रहेर आफ्नो लक्ष्य निर्धारण गर।
  • आफ्नो इच्छाशक्ति र हिम्मतलाई बढाऊ । वरिपरि देखिने समस्याहरुभन्दा तिमी आफू बलियो छौ र ती समस्याहरुलाई जितेर अगाडी बढ्न सक्छौ भन्नेमा विश्वास राख।
  • जति सक्छौ सिक । ज्ञान कहिले पनि सिकेर सकिंदैन र तिम्रो काममा पनि नयाँ नयाँ अवरोध, नयाँ तरिका, नयाँ अवसर आइरहेका हुन्छन्। त्यसैले हरेक दिन केही नयाँ कुरा सिक्ने कोसिस गर र आफू अनुशासनमा बस।
  • मानिस सफल हुने भनेकै आत्मविश्वासले हो, त्यसैले जीवनको कुनै पनि मोडमा आफ्नो आत्मविश्वास नगुमाऊ।
  • कामको योजना बनाऊ र त्यो योजना अनुसार काममा लाग । लक्ष्य र योजनाले मात्र तिमीले केही प्राप्त गर्न सक्दैनौ। केही प्राप्त गर्नको लागि तिमी मैदानमा उत्रिनु नै पर्छ।

ब्रुस लीको जीवनी पढ्न यहाँ क्लिक गर्नुहोस्

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text